ऋषिराज बराल
नेपाली क्रान्तिप्रति गद्दारी गर्ने प्रचण्ड–बाबुराम गुटसित सम्बन्ध विच्छेद गरेको एक वर्ष भएको छ । अहिले पनि विसर्जनोन्मुख नवसंशोधनवादी सारमा नवप्रतिक्रियावादी गुट अनेक भ्रम फैलाइरहेको छ । भित्रभित्रै यो गुट कसरी वैचारिक र साङ्गठनिक रूपबाट नेकपा–माओवादीलाई
सिध्याउने भनेर लागेको छ भने बाहिरचाहिँ एकता र मित्रताको षड्यन्त्रकारी
भ्रम फिँजाइरहेको छ । अमुकलाई अमुक पद र अमुकलाई अमुक मन्त्रीको
पोर्टफोलियो वितरणको ठेककापट्टाकेन्द्र अहिले पेरिस डाँडा भएको छ ।
नवशंसोधनवादीहरू भारतीय विस्तारवादका सामु पूर्ण आत्मसमर्पण गरेर पैसा, पद र प्रलोभनका अनेक ढडिया थापेर बसेका छन् । सुनको बाला समातेको बाघप्रति लोभिएको लोभी बाहुनझैँ ‘शान्तिप्रक्रिया’ का सुखसुविधा अझै पनि झल्झली सम्झिरहनेहरू पेरिस डाँडाले वितरित गर्न थालेको कोटातिर आकर्षित नहोलान् भन्न सकिन्न । तर नेकपा–माओवादी क्रान्तिकारीहरूको पार्टी हो, यो महान् सहिदहरूको रगतको मूल्यप्रति प्रतिबद्ध पार्टी हो, यो
दुस्मनका कुनै पनि चाल र जालमा पस्तैन र फस्तैन भन्ने कुरा प्रस्ट छ ।
अपारदर्शी क्रियाकलाप अथवा कार्यकर्ताको आँखा छलेर दायाँवायाँ गर्ने
प्रवृत्तिका लागि नेकपा–माओवादीमा ठाउँ छैन । कार्यकर्ताले हरेक नेताका गतिविधिलाई गम्भीरताका साथ हेरेर खबरदारी गरिरहेका छन् । ‘गद्दारहरूसित एकता संभव छैन’ भनेर भर्खरै कमरेड किरणद्वारा प्रसारित वक्तव्यले क्रान्तिकारी कार्यकर्तामा नयाँ उत्साह थपिएको कुरा यहाँ स्मरणीय छ ।
रौतहटमा दलित समुदायमाथी आक्रमण गर्ने एक अपराधी पक्राउ
Posted on 12:55 AM by Unknown
पक्राउ पर्नेमा भीमडावर टोलका ५० वर्षीय तेजनारायण यादव रहेको प्रहरीले जनाएको छ । भीमडावरस्थित ब्रह्मस्थान मन्दिरमा दलितले प्रवेश गरी पूजा गरेको विषयको पुरानो झगडालाई लिएर गत जेठ २४ गते गैरदलित समुदायले आक्रमण गरी १८ जनालाई घाइते बनाएको आरोपमा उनी पक्राउ परेका हुन् ।
सम्पादकियः नेपाल फेरी एकचोटी युद्ध तिर
Posted on 7:41 PM by Unknown
नेपाली राजनितीको इतिहाँसमा नेपाली जनताले आफ्नो स्वतन्त्रता , देशको स्वतन्त्रता र मुक्तिको लागी ६० बर्ष भन्दा बढी समय रगत र पसिना वगाएका छन । यो लामो इतिहाँसमा नेपाली जनताले कहिले शान्तीपुर्ण त कहिले हतियार को लडाइ लडेर वलिदानको कोटा चुक्ता गरेका छन । त्यही क्रममा झण्डै १८ हजार नेपाल आमा का सवभन्दा राम्रा छोराछोरीहरु ले आफ्नो ज्यानको आहुति दिएका छन ।
थुप्रै बेपत्ता छन ,थुप्रै अपांग छन र थुप्रैको घरवार विग्रीएको छ ।तर पनि नेपाली जनताको मुक्तिको कुनै उपलव्धी प्राप्त हुन सकिरहेको छैन नत प्राप्त उपलव्धी संरक्षण नै हुन सकेको छ । अव नेपाल र नेपाली जनताले निर्णायक मुक्ति र निकास खोजेको छ , यो मक्कीइसकेको कालो संसदिय व्यवस्थाले देश र जनतालाइ कुनै पनि मुक्ति र निकास दिन सक्तैन, त्यो हामीले यति लामो समय सम्मको अनुभव बाट थाहा पाइसकेका छौँ । आज संसदिय व्यवस्थाकै उपज यो देश विघटनको संघारमा पुगेको छ । तर यो देशलाइ नेपाली जनताले विघटन हुन दिँदैनन।
चुनावविरोधी दलले आन्दोलन अझै चर्काउने
Posted on 7:03 PM by Unknown
नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य नेतृत्वको ३३ दल, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब नेतृत्वको ८ दलआवद्ध संघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादीले सरकावरुद्ध आन्दोलनका थप कार्यक्रम ल्याउने भएका हुन् ।
जातिय विभेद गर्नेलाइ नेपालमा के सजाय छ ?
Posted on 6:33 AM by Unknown
सोनु कुमार सुनार
मानव समुदाय को उत्पति पछि पुँजीवादी युग सम्म पनि संसारमा
अध्यात्मबाद र धर्मकर्म ले अस्तित्व जमाउँदै आएको छ । अध्यात्मबादले
संसारमा मानिसहरु विचमा विभाजन गर्ने काम गर्यो । मालिक र दास वर्गको जन्म
दियो , खासमा अध्यात्मबाद भनेकै मानिसले नै मानिसलाइ नै विभिन्न तरिकाले
शोषण र दमन गर्ने हतियार हो भन्ने वैज्ञानिक रुपमा नै प्रमाणित भइसकेको
छ ।
Subscribe to:
Posts (Atom)