भारतिय हस्तक्षेपले निम्त्याएको बिनास : माओवादी

काठमाडौं , ८ असार ।भारतले एकपक्षीय रुपमा धौलीगंगा बाँध खोल्दा दार्चुला सदरमुकाम खलंगा नै ध्वस्त हुने गरी महाकाली नदीमा विनासकारी बाढी आएको नेकपा-माओवादीले दावी गरेको छ ।
माओवादीका महासचिव
रामबहादुर थापा बादलले विज्ञप्ति जारी गरि सम्भाव्य अरु क्षती रोक्न पहल गर्न माग गरेका छन् । ‘’सीमा नदी महाकाली पारी भारतीय पक्षले एकपक्षीय रुपमा धौलीगंगा बाँध बाध्नु, नदी किनारमा तटबन्ध बनाउनु र वर्षातपछि नेपाललाई जानकारी नदिई बाँध खोल्नुले भाएको क्षति हस्तक्षेपकारी बिनास हो ।’

१५ लाख को वस्ती मा फेरी प्राकृतिक महाप्रलय

सोनु कुमार सुनार
विहान को समयमा एकदमै भारी बर्षा भइरहको छ । मधेशको समथर फाँट जो पानी र वाफको कारण राम्रो सँग देखिन पनि छाडेको छ । एकछिनपछि झनठुलो बर्षा होला र कोठामा जान नपाइएला भन्ने संकोच मनमा उत्पन्न भइरहँदा पानी पानी भएपनि कोठामा जाने निर्णय गरेँ र थोत्रो साइकल चलाएर म कोठा तर्फ हिँडन खोज्दैथिँए , हावा , हुरी र भारी बर्षाको कारण साइकल चलाउन सक्ने स्थिती थिएन । केही पर सडक विचमा पुगेपछि पानी आकाश बाट झन ओइरियो र साइकल सँगै मलाइ पनि सडक विचमै लडाइदियो । यताउता हेर्दा पानी ओत लाग्ने त्यस्तो ठाँउ पनि देखिएन , करिव ३० मिटर पर एउटा झुप्रो देखियो पानी ओत लाग्नको लागी साइकल लिएर म त्यतै लागेँ । म त्यँहा पानी ओत लाग्ने उद्देश्यको साथ गएको थिँए तर त्यँहा पुग्ने वित्तिकै मैले अगाडीको कुरा विर्सिएँ । त्यँहाको त्यो डरलाग्दो , टिठलाग्दो र कँहालीलाग्दो अवस्थाले मेरो सवै ध्यान खिँचिदियो ।

सशक्त प्रतिरोधको तयारी ले चुनाव नहुने निश्चितः सैनिक शासन र युद्ध सँगसँगै

Mohanbaidya चुनावी सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै देशमा भीषण प्राकृतिक प्रकोप भएको र नेकपा–माओवादीलगायतका दलहरूले नेपाल बन्द गरेकाले चुनावका पक्षमा अपेक्षाकृत उत्साह प्रकट हुन सकेन। चुनावको तिथि निर्धारण गरिएपछि पनि घोषित मितिमा निर्वाचन हुनेमा आशङ्का यथावत् रहेको छ। आफूले निर्वाचनमा जित्ने स्थिति नदेखेमा एनेकपा माओवादीले कुनै पनि निहुँ बनाएर चुनावी मैदानबाट पीठ फर्काउन सक्ने सम्भावना एकातिर रहिरहेका बेला नेकपा–माओवादीसहितका दलहरू सरकारको निर्णयविरुद्ध सङ्घर्षमा उत्रिएपछि निर्वाचन हुनेमा आशङ्का उत्पन्न भएको हो।

महराको चिन्तापत्र(अस्तिसम्म दक्षिण एसियाकै धनी कम्युनिस्ट पार्टी थियो रे, अहिले ऋणमा चुर्लुम्मै भयो रे !)

एउटा अविश्वसनीय समाचार सुन्नमा आयो, एमाओवादी पार्टी आर्थिक रूपमा टाट पल्टियो रे ! अस्तिसम्म दक्षिण एसियाकै धनी कम्युनिस्ट पार्टी थियो रे, अहिले ऋणमा चुर्लुम्मै भयो रे ! नेता महराले पार्टीलाई पैसाले मात्रै होइन, विचार, अनुशासन, सामूहिकता, एकता इत्यादिको गरिबीले समेत टाट पारेको १२ बुँदे व्यर्थको चिन्तापत्र बैठकमा प्रस्तुत गरेछन्। त्यत्रो महान् क्रान्तिकारी पार्टीमा विचार र अनुशासन मात्रै होइन, पैसा पनि छैन भन्दा कसले पत्याउँछ ? पार्टीमा छैन होला, नेताहरूसँग त जति पनि छ नि, केको चिन्ता ! जसरी हामी नेपालीहरू 'धनी देशका गरबि जनता' भनेर मक्ख पर्छौं, महराजीहरूले पनि 'धनी नेताको गरबि पार्टी' भनेर गौरव गरे भैगो। फेरि, पार्टीले चाह्यो भने लाखौँ-करोडौँ रकम तत्क्षण चन्दा उठाउन सकिहाल्छ, व्यर्थै किन चिन्ता लिने !

वहिष्कार मात्र होइन, ध्वस्त नै

ऋषिराज बराल
new photoनेपाली क्रान्तिप्रति गद्दारी गर्ने प्रचण्डबाबुराम गुटसित सम्बन्ध विच्छेद गरेको एक वर्ष भएको छ । अहिले पनि  विसर्जनोन्मुख नवसंशोधनवादी सारमा नवप्रतिक्रियावादी गुट अनेक भ्रम फैलाइरहेको छ ।  भित्रभित्रै यो  गुट कसरी वैचारिक र साङ्गठनिक रूपबाट  नेकपामाओवादीलाई सिध्याउने भनेर लागेको छ भने बाहिरचाहिँ एकता र मित्रताको षड्यन्त्रकारी भ्रम फिँजाइरहेको छ । अमुकलाई अमुक पद र अमुकलाई अमुक मन्त्रीको पोर्टफोलियो वितरणको ठेककापट्टाकेन्द्र अहिले पेरिस डाँडा भएको छ । नवशंसोधनवादीहरू भारतीय विस्तारवादका सामु पूर्ण आत्मसमर्पण गरेर पैसा, पद र प्रलोभनका अनेक ढडिया थापेर बसेका छन् । सुनको बाला समातेको बाघप्रति लोभिएको लोभी बाहुनझैँ शान्तिप्रक्रियाका सुखसुविधा अझै पनि झल्झली सम्झिरहनेहरू पेरिस डाँडाले वितरित गर्न थालेको कोटातिर आकर्षित नहोलान् भन्न सकिन्न । तर नेकपामाओवादी क्रान्तिकारीहरूको पार्टी हो, यो महान् सहिदहरूको रगतको मूल्यप्रति प्रतिबद्ध पार्टी हो,  यो दुस्मनका कुनै पनि चाल र जालमा पस्तैन र फस्तैन भन्ने कुरा प्रस्ट छ । अपारदर्शी क्रियाकलाप अथवा कार्यकर्ताको आँखा छलेर दायाँवायाँ गर्ने प्रवृत्तिका लागि नेकपामाओवादीमा ठाउँ छैन । कार्यकर्ताले हरेक नेताका गतिविधिलाई गम्भीरताका साथ  हेरेर खबरदारी गरिरहेका छन् । गद्दारहरूसित एकता संभव छैनभनेर भर्खरै कमरेड किरणद्वारा प्रसारित वक्तव्यले क्रान्तिकारी कार्यकर्तामा नयाँ उत्साह थपिएको कुरा यहाँ स्मरणीय छ ।

रौतहटमा दलित समुदायमाथी आक्रमण गर्ने एक अपराधी पक्राउ

रौतहट, ३ असार/ रौतहटको पिपरीया दोस्तिया गाविसको भीमडावर टोलमा दलितमाथि भएको आक्रमणको घटनामा संलग्न एकजनालाई प्रहरीले गएराती पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भीमडावर टोलका ५० वर्षीय तेजनारायण यादव रहेको प्रहरीले जनाएको छ । भीमडावरस्थित ब्रह्मस्थान मन्दिरमा दलितले प्रवेश गरी पूजा गरेको विषयको पुरानो झगडालाई लिएर गत जेठ २४ गते गैरदलित समुदायले आक्रमण गरी १८ जनालाई घाइते बनाएको आरोपमा उनी पक्राउ परेका हुन् ।

सम्पादकियः नेपाल फेरी एकचोटी युद्ध तिर




                              नेपाली राजनितीको इतिहाँसमा नेपाली जनताले आफ्नो स्वतन्त्रता , देशको स्वतन्त्रता र मुक्तिको लागी ६० बर्ष भन्दा बढी समय रगत र पसिना वगाएका छन । यो लामो इतिहाँसमा नेपाली जनताले कहिले शान्तीपुर्ण त कहिले हतियार को लडाइ लडेर वलिदानको कोटा चुक्ता गरेका छन । त्यही क्रममा झण्डै १८ हजार नेपाल आमा का सवभन्दा राम्रा छोराछोरीहरु ले आफ्नो ज्यानको आहुति दिएका छन । 

थुप्रै बेपत्ता छन ,थुप्रै अपांग छन र थुप्रैको घरवार विग्रीएको छ ।तर पनि नेपाली जनताको मुक्तिको कुनै उपलव्धी प्राप्त हुन सकिरहेको छैन नत प्राप्त उपलव्धी संरक्षण नै हुन सकेको छ । अव नेपाल र नेपाली जनताले निर्णायक मुक्ति र निकास खोजेको छ , यो मक्कीइसकेको कालो संसदिय व्यवस्थाले देश र जनतालाइ कुनै पनि मुक्ति र निकास दिन सक्तैन, त्यो हामीले यति लामो समय सम्मको अनुभव बाट थाहा पाइसकेका छौँ । आज संसदिय व्यवस्थाकै उपज यो देश विघटनको संघारमा पुगेको छ । तर यो देशलाइ नेपाली जनताले विघटन हुन दिँदैनन। 

चुनावविरोधी दलले आन्दोलन अझै चर्काउने

 सरकारले एकतर्फी रुपमा निर्वाचन घोषणा गरेको भन्दै आन्दोलनमा उत्रिएका ४२ दल तथा समूहले आन्दोलनका थप कार्यक्रम ल्याउने भएका छन् ।

नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य नेतृत्वको ३३ दल, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब नेतृत्वको ८ दलआवद्ध संघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादीले सरकावरुद्ध आन्दोलनका थप कार्यक्रम ल्याउने भएका हुन् ।

बलात्कृत युवतीलाई नै कुट्यो प्रहरीले



BALATKAR३ असार, वीरगञ्ज । बलात्कृत एक युवतीलाई बयान परिवर्तन गर्न प्रहरी अधिकृत कक्षमै कुटपिट गरिएको छ । पर्साको मड्ली ५ की युवतीले जिप्रकाका नायब उपरीक्षक वासुदेव खतिवडाको कार्यकक्षमा महिला प्रहरीले आफूलाई लाठीले कुटेको भन्दै कारबाही र न्यायका लागि नारायणी अञ्चल प्रहरीमा आइतबार उजुरी दर्ता गरेकी छन् ।

हत्याराहरुले गर्ने चुनावमा सहभागी हुदैनौं : जानजाती अगुवाहरु

आदिबासी जानजाती अगुवाहरुले चार दलका मुख्या नेता र मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीले पहिलो संविधानसभाको हत्या गरेको आरोप लगाउदै हत्याराहरुले नाटकको रुपमा गर्ने दोस्रो संविधानसभाको चुनावमा आफूहरु सहभागी नहुने बताएका छन् । 


जातिय विभेद गर्नेलाइ नेपालमा के सजाय छ ?

सोनु कुमार सुनार
Sonu Kumar Sunar मानव समुदाय को उत्पति पछि पुँजीवादी युग सम्म पनि संसारमा अध्यात्मबाद र धर्मकर्म ले अस्तित्व जमाउँदै आएको छ । अध्यात्मबादले संसारमा मानिसहरु विचमा विभाजन गर्ने काम गर्यो । मालिक र दास वर्गको जन्म दियो , खासमा अध्यात्मबाद भनेकै मानिसले नै मानिसलाइ नै विभिन्न तरिकाले शोषण र दमन गर्ने हतियार हो भन्ने वैज्ञानिक रुपमा नै प्रमाणित भइसकेको छ ।