नेकपा–माओबादी सँग ३ कम्युनिष्ट पार्टी, एकता प्रक्रियामा

तीन माओवादीसहित चार कम्युनिष्ट पार्टीबीच एकताको प्रयास सुरु भएको छ । मोहन बैद्य किरण नेतृत्वको नेकपा-माओवादी, मातृका यादवको नेकपा माओवादी र पूर्व माओवादी नेता मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युष्टि पार्टी र परि थापा नेतृत्वको नेकपा एकीकृतबीच बिहीबार क्रान्तिकारी कम्युनिष्टहरुको एउटै केन्द्र बनाउनेबारे छलफल भएको हो ।

‘क्रान्तिकारी कम्युनिष्टहरुको एउटै केन्द्र बनाउनेबारे सैद्धान्तिक छलफल भएको हो’ मणि थापाले अनलाइनखबरसँग भन्नुभयो- ‘क्रान्तिकारी कम्युनिष्टहरु एक ठाउँमा नआउने हो लेफ्ट मुभमेन्ट सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो ।’


बैठकपछि जारी संयुक्त विज्ञप्तिमा नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न खाले अवसरवाद तथा दलाल प्रवृत्ति नै मुख्य खतरा रहेको भन्दै कम्युनिष्ट आन्दोलनको वर्तमान चुनौती सामना गर्न सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुको बीचमा एकता अनिवाय भएको उल्लेख छ ।
3-mao