चिल हो तर हेलिकोप्टर चढ्छ के हो ? : प्रचण्ड

सोनु कुमार सुनार :
 नेपाली राजनिती केही समय अगाडी देखी  स्वयम नेपालीको नियन्त्रण भन्दा वाहिर छ । नेपाली राजनिती कतै बाहिर बाट हस्तचालित जस्तै बनेको छ । नेपालका राष्ट्र र सरकार प्रमुख पदमा रहेका मान्छेहरु के यिनीहरु हाम्रै हुन ? के यिनीहरु नेपाली जनताको नेतृत्व गरिरहेका छन ? के यिनीहरु देश र जनता प्रति बफादार छन ? यो प्रश्नको उत्तरमा हामीलाइ लाग्छ यो देशको ठेक्का लिएका भनीएका मान्छे हरु जो नेपाली जनताको नेतृत्व गर्ने मान्छे हरु होइनन । किनकी ति मान्छेहरु जनताका प्रतिनिधी को रुपमा राज्यको नेतृत्व गर्न गएका होइनन । नेपाली जनताको व्यापक विरोध को बाबजुद थमौती गरीएका मान्छेहरु आज यो देशलाइ फेरी एकचोटी द्धण्द्ध , प्रतिशोध र संकट को भुमरीमा जवरजस्ती धकेल्न हरतरह प्रयास गरिरहेका छन । त यिहरु किन यस्तो गर्दैछन त भन्दा विदेशी दलाल को रुपमा यी हरु अहिले नेपालमा प्रतिनिधीत्व गरिरहेका छन । केही समयकै पेरी फेरीमा नेपाली राजनिती दुइवटा धु्रव हरुमा केन्द्रित भएको छ । विदेशीको इशारामा निर्माण भएको चारदल प्राइभेट लिमीटेड को सिफारिसमा निर्माण भएको निर्दलिय नालायक सरकार ले कथित निर्वाचन गर्ने भनेर घोषणा गरेलगत्तै चारदल सिण्डीकेट , निर्दलिय सरकार र सरकार हेण्डल गर्ने विदेशी जवरजस्ती चुनाव गर्ने भनेर लागीरहेका छन भने अर्काेतिर सम्पुर्ण नेपाली जनता , देशभक्त क्रान्तिकारीहरु , कानुनव्यवसायी हरु , लेखक हरु विद्यार्थीहरु , कलाकारहरु र करिव करिव सवै नागरिक हरु चारदलको यो अनावस्यक दादागिरी विरुद्धमा उभिँएका छन । यो नेपाली जनता को गौरवशाली वृहत मोर्चाको नेतृत्व नेकपा–माओबादीले गरिरहेको छ । केही समय अगाडी सरकारले निर्वाचनको मिती घोषणा गरेलगत्तै , निर्दलिय सरकारले नेपाली जनतालाइ निषेध गरेर गर्न खोजीरहेको यो चुनावको विरुद्धमा नेकपा–माओबादी ले संघर्षको घोषणा गरेको छ र अहिले देशव्यापी चुनावविरोधी अभियानमा नेकपा–माओबादी जुटिरहेको छ ।  पछिल्लो. समयमा भारतको सवैभन्दा नजिक को दलालको को रुपमा आफुलाइ परिचित गराएको एकीकृत नेकपा माओबादी जो निर्वाचन पक्षिय हरुको एउटा शक्ति भित्र पर्दछ । नेपाली जनयुद्धलाइ भारतको पाउमा राखेर सिद्धाउन उद्धत यो पार्टीका  आफुलाइ चिल सम्झने नेता प्रचण्ड जो वेला वेलामा पागल ले जस्तो भाषण गर्दै चर्चामा आउने गरेका छन । भर्खरै यो पार्टीको एउटा विस्तारित वैठक सम्पन्न भएको छ , पछिल्लो समयमा प्रचण्ड ले पार्टीलाइ शक्तिशाली र ठुलो बनाउनको लागी पार्टीमा हत्यारा , गुण्डा , फटाहा , सामन्त , सुरा सुन्दरीहरु लाइ पनि संगठित गर्ने नयाँ योजना ल्याएका छन । त्यही क्रममा व्रा र पेन्टीले मात्रै यौनाङ्ग छोपेर नांगै नाच्ने रेखा थापालाइ पनि प्रचण्ड ले पार्टीमा भित्राएका छन । वास्तवमा मान्छेहरु प्रचण्डको यस्तो क्रियाकलापलाइ बढो अचम्मको साथ नियाली रहेका छन । एमाले , कांग्रेस , मधेशी भित्रका खतम कम्पनी को पनि प्रचण्ड खरिद गर्ने क्रममा रहेका छन । रेखा थापाले आफुलाइ केन्द्रिय सदस्य पद मागेपछि त्यो दिन त प्रचण्ड राजी भए तर बाबुराम भट्टराइ र नारायणकाजी लाइ यो कुरा स्विकार्य हुन सकेन , रेखा थापाले आफुले विहे नगर्ने तर प्रेमी सँग सेक्स गरेर वच्चा पाउने भन्ने अन्तरवार्ता दिएपश्चात एमाओबादी का सवै सवै ले कसरी नाक बँचाएका होलान त्यो पनी अचम्मकै
कुरा भयो । केही समय अघि मधेशी राजनिती बाट एमालेमा छिरेका र पहिला एकचोटी मन्त्री पद पनि खाइसकेका रामचन्द्र झा लाइ प्रचण्ड ले पार्टीमा प्रवेश गराए । प्रचण्ड ले उनलाइ पार्टीको कार्यकारी सचिव पद दिन्छु भनी ल्याएका रहेछन । जव पार्टीमा रामचन्द्र झा ले सचिव पद मागे तव सुरु भो भद्रगोल त्यसपछि पार्टीमा गम्भिर प्रकारको झगडा सुरु भयो । झगडाकै विचबाट कुनै समयमा भारतको एकनम्बर दलाल भनेर चिनीएका बाबुराम भट्टराइले उपाध्यक्ष पदबाट राजीनामा दिए । अस्ति भर्खर हेटौडामा त्यत्रो तामझाम गरेर प्रचण्ड ले चिल निती ल्याएका थिए  तर ६ महिना नपुग्दै चल्लाहरुले यसरी नितीको उल्लंघन गर्लान भनेर कसैले सोँचेकै थिएन । भर्खरै एमाओबादीको विस्तारित वैठकले प्रचण्डलाइ सर्वाेच्च देवता ठान्दै अरु सव केन्द्रिय सदस्य बनेर वैठक समापन गरेको छ । त्यही क्रममा प्रचण्डले आफुलाइ चिल र अरु लाइ चल्ला बताएका छन । राजनितीक संकट सँगै प्रचण्डमा आउने मानसिक संकट को कारण उनी जथाभावी बोल्न थाल्दछन । हामीलाइ लाग्न थालेको छ की प्रचण्ड कुनै हाँस्य कलाकार हो । हेलीकोप्टरमा चढेर पार्टीको वैठकमा जान पाँउदा उनले आफुलाइ चिलको कल्पना गरेका पनि हुन सक्दछन । आफुलाइ चिल भन्छ तर हेलीकोप्टरमा चढ्छ को हो ? भन्ने प्रश्न मा व्यंग गर्दै एक कार्टुनिष्ट ले भनेका छन त्यसको उत्तर : प्रचण्ड ।