खिलराज रेग्मीको घरमा आधुनिक प्रेसरकुकर टाइम बम

कस्तो थियो रेग्मीको घरमा राखिएको बम ? (तस्बिरसहित)अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको पाल्पाको पोखराथोक ६ धवादीस्थित पुर्ख्यौली घर नजिकै भेटिएको टाइम बम डिस्पोज गरिएको छ । नेकपा माओवादी क्रान्तिकारी २ नम्बर मध्य फर्मेशनको नाममा निकालेको प्रेस विज्ञप्ति (तल हेर्नुहोला)संगै निलो र हरियो रंगको झोला भित्र बिहान प्रेसर कुकुर–टाईम बम फेला परेको थियो । त्यो बमलाई लाई नेपाली सेनाको २२ नम्बर बाहिनी बुटवलबाट आएको टोलीले डिस्पोज गरेको हो ।