चुनावी
सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै देशमा भीषण प्राकृतिक प्रकोप
भएको र नेकपा–माओवादीलगायतका दलहरूले नेपाल बन्द गरेकाले चुनावका पक्षमा
अपेक्षाकृत उत्साह प्रकट हुन सकेन। चुनावको तिथि निर्धारण गरिएपछि पनि
घोषित मितिमा निर्वाचन हुनेमा आशङ्का यथावत् रहेको छ। आफूले निर्वाचनमा
जित्ने स्थिति नदेखेमा एनेकपा माओवादीले कुनै पनि निहुँ बनाएर चुनावी
मैदानबाट पीठ फर्काउन सक्ने सम्भावना एकातिर रहिरहेका बेला
नेकपा–माओवादीसहितका दलहरू सरकारको निर्णयविरुद्ध सङ्घर्षमा उत्रिएपछि
निर्वाचन हुनेमा आशङ्का उत्पन्न भएको हो।सशक्त प्रतिरोधको तयारी ले चुनाव नहुने निश्चितः सैनिक शासन र युद्ध सँगसँगै
Posted on 11:24 PM by Unknown
चुनावी
सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै देशमा भीषण प्राकृतिक प्रकोप
भएको र नेकपा–माओवादीलगायतका दलहरूले नेपाल बन्द गरेकाले चुनावका पक्षमा
अपेक्षाकृत उत्साह प्रकट हुन सकेन। चुनावको तिथि निर्धारण गरिएपछि पनि
घोषित मितिमा निर्वाचन हुनेमा आशङ्का यथावत् रहेको छ। आफूले निर्वाचनमा
जित्ने स्थिति नदेखेमा एनेकपा माओवादीले कुनै पनि निहुँ बनाएर चुनावी
मैदानबाट पीठ फर्काउन सक्ने सम्भावना एकातिर रहिरहेका बेला
नेकपा–माओवादीसहितका दलहरू सरकारको निर्णयविरुद्ध सङ्घर्षमा उत्रिएपछि
निर्वाचन हुनेमा आशङ्का उत्पन्न भएको हो।महराको चिन्तापत्र(अस्तिसम्म दक्षिण एसियाकै धनी कम्युनिस्ट पार्टी थियो रे, अहिले ऋणमा चुर्लुम्मै भयो रे !)
Posted on 6:07 AM by Unknown
एउटा अविश्वसनीय समाचार सुन्नमा आयो, एमाओवादी पार्टी आर्थिक रूपमा टाट पल्टियो रे ! अस्तिसम्म दक्षिण एसियाकै धनी कम्युनिस्ट पार्टी थियो रे, अहिले ऋणमा चुर्लुम्मै भयो रे ! नेता महराले पार्टीलाई पैसाले मात्रै होइन, विचार, अनुशासन, सामूहिकता, एकता इत्यादिको गरिबीले समेत टाट पारेको १२ बुँदे व्यर्थको चिन्तापत्र बैठकमा प्रस्तुत गरेछन्। त्यत्रो महान् क्रान्तिकारी पार्टीमा विचार र अनुशासन मात्रै होइन, पैसा पनि छैन भन्दा कसले पत्याउँछ ? पार्टीमा छैन होला, नेताहरूसँग त जति पनि छ नि, केको चिन्ता ! जसरी हामी नेपालीहरू 'धनी देशका गरबि जनता' भनेर मक्ख पर्छौं, महराजीहरूले पनि 'धनी नेताको गरबि पार्टी' भनेर गौरव गरे भैगो। फेरि, पार्टीले चाह्यो भने लाखौँ-करोडौँ रकम तत्क्षण चन्दा उठाउन सकिहाल्छ, व्यर्थै किन चिन्ता लिने !
Subscribe to:
Comments (Atom)