प्रकाश र विना प्रेमकाण्डमा झण्डै गोली खाइयो:– कृष्ण के.सी

एमाओवादीका युवा नेता कृष्ण केसीले आफूलाई प्रचण्डपुत्र प्रकाशले झण्डै मारेको खुलासा गरेका छन् । शक्तिको आडमा उनले आफ्नो शक्ति प्रदर्शन गर्दै आफुलाई थर्काउने क्रममा झण्डै-झण्डै आफ्नो ज्यान गएको युवा नेता कृष्ण केसीले खुलासा गरेका हुन् ।

नेता केसीले पहिले मालेमा काम गर्दाका साथीहरूसँग भनेअनुसार प्रकाशको हातबाट थोरै मात्र ट्रिगर दबेको भए उनी स्वर्गबासी भइसक्ने रहेछन् । बिना मगरसँग भागेको कुरा सार्वजनिक गरेको भन्दै उनीसँग पड्किएका प्रकाशले आफ्नै बाबुको अंगरक्षकको पेस्तोल कृष्णमाथि ताकेका रहेछन् । उक्त समयमा यदि ट्रिगर थोरै मात्र दबेको भए आफ्नो ज्यान जाने थियो भन्दै आफ्ना पहिले मालेमा भएका केही साथीसँग गुनासो गरेका रहेछन् ।

प्रचण्डका निम्ति पार्टीद्धारा अंगरक्षक खटाइएका युवराज दुलाल 'शरद'ले सगरमाथाबाट फर्केपछि प्रकाश तथा बिनाको प्रेम प्रकरणबारे माता सीतालाई भान्सामा पोल लगाइरहँदा प्रकाशले बैठकको ढोका समेत फुटाएका थिए ।

उता, प्रकाशले बिनालाई राख्नका लागि ललितपुरको एउटा घरमा सुविधासम्पन्न फ्ल्याट लिएका छन् । उक्त फ्याल्ट हेर्दा चानचुने पैसाको नभएको सहजै अनुमान लगाउन सकिन्छ । यसबारे पेरिसडाँडामा समेत पटक-पटक कुरा उठिसकेको बताइएको छ ।
-  जनआस्था साप्ताहिक