बैद्यकै नेतृत्वमा माओवादी वार्ता टोली 'कुनै हालतमा चुनाव हुन दिन्नौँ '

Mohan Baidya
सरकारसँग वार्ताको लागि भन्दै नेकपा-माओवादीले वार्ता टोली गठन गरेको छ । अध्यक्ष मोहन बैद्यको संयोजकत्वमा गठित टोली ५ सदस्यीय छ ।

टोलीमा पार्टी उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव देव गुरुङ र नेत्रबिक्रम चन्द छन् ।
सरकार संचालनको संयन्त्रमा रहेका चार राजनीतिक दल गोलमेच सम्मेलन गर्ने, समानुपातिकको अनुपात बढाउन सकिनेलगायतका मागमा सकरात्मक भएपछि माओवादीले बार्ताको लागि टोली बनाएको हो ।