
नेकपा-माओवादीले ४ मंसिरको संविधानसभा चुनावलाई 'प्रतिक्रान्तिको बिगुल
फुकेको' संज्ञा दिँदै त्यसलाई बहिष्कार गर्ने घोषणा गरेको छ। १५-१८
असारसम्म पोखरामा सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले सिंगो संगठनलाई
चुनावविरोधी मोर्चामा लगाउन तीन 'स'को कार्यनीति पारति गरेको छ- सक्रिय,
सशक्त अनि सशस्त्र बहिष्कार। अर्थात्, कार्यकर्तालाई सक्रिय रूपमा चुनाव
बहिष्कार कार्यक्रममा लगाउने, आवश्यक पर्दा सशक्त प्रतिकारसम्म गर्ने र
त्यतिले पनि नभ्याए हतियारबद्ध...