विचार

 माओवादी पार्टी निर्माणको एक वर्ष र शिक्षा

हस्तबहादुर के.सी.

 असार २ गते नेपाली कम्युनिष्ट आन्दोलनको ६ दशक भन्दा लामो इतिहासमा एक ऐतिहासिक दिन हो । नेपालका क्रान्तिकारीहरू र मुक्तिकामी नेपाली जनताको निम्ति आजको दिन ज्यादै खुशी र हर्षोउल्लासको दिन हो । आजको दिन संसारका कुनै पनि भू भागमा बसीरहेका र्सवहारा वर्ग र श्रम र पसिना विक्री गरेर बाँचीरहेका श्रमजीवी वर्गका निम्ति स्मरणीय योग्य दिन हो । किन भने आजकै दिन अर्थात वि.सं. २०६९ साल असार २ गते नेपाली कम्युनिष्ट आन्दोलनको एउटा नवसंशोधनवादमा पतन भइसकेको एक हिस्सासित सम्बन्ध विच्छेद गरेर राजनीतिक सैद्धान्तिक वैचारिक एवं सांगठनिक हिसाबले सम्बन्ध विच्छेद गरेर अर्थात क्रान्तिकारी व्रि्रोह गरेर महान नेपाली नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपा -माओवादीको गठन गरिएको दिन हो । त्यसैले आजको दिन नेपालको कम्युनिष्ट आन्दोलनमा सुनौला अक्षर लेखिएको ऐतिहासिक र अविस्मरणीय दिन हो । यस दिनलाई निश्चितै पनि संसारभरकै र्सवहारा वर्ग र श्रमजीवी वर्गले कहिल्यै भुल्ने छैनन् । किनकि र्सवहारा श्रमजीवी वर्गको निम्ति आफ्नो वर्गीय मुक्तिको क्रान्तिकारी नेतृत् वगर्ने क्रानितकारी कम्युनिष्ट पार्टीवाहेक अर्को कुनै वैज्ञानिक राजनीतिक शक्ति छैन । मार्क्सवाद जस्तो वैज्ञानिक सिद्धान्त र दर्शन अर्को कुनै छैन यस दुनीयाँमा ।
सवंविदितै छ, नेकपा -माओवादी) ले २०५२ सालदेखि २०६२ सालसम्म करीव १० वर्षयस नेपाली धर्तीमा जनयुद्ध संचालन गर्यो । माओवादीको नेतृत्वमा संचालित त्यस जनयुद्धले नेपाली धर्तीमा मात्र होइन विश्व धर्तीलाई नै एक पटक कम्पयमान तुल्यायो । अर्थात् संसारलाई नै राम्ररी हल्लाई दियो । जनयुद्धलाई दबाउन र दमन तथा नरसंहार गरेर सिध्याउने उद्देश्यले संसारभरका साम्राज्यवादीहरू, विस्तारवादीहरू, प्रभुत्ववादीहरू, क्रान्तिविरोधी प्रतिक्रियावादीहरू र जनहत्यारा जल्लादहरू एउटै कित्तामा केन्द्रीकृत हुन पुगेका थिए । र नेपाली जनयुद्धलाई सखाप पार्ने वृहत्तर योजना बनाएर विविध प्रकारका षड्यन्त्रका तानावानाहरू बुनेको, तत्कालीन नेपाल सरकार र सेनालाई अत्याधुनिक हतियार सप्लाइ गरेको, नाइट विजन लडाकू हेलिकप्टरहरू उपलब्ध गराएको सिँगै नेपाललाई संकटकालिन अवस्थाको घोषणा गरेर सेना परिचालन गरेको र माओवादीको नेताहरूका टाउकोको मूल्य तोकेको र दशौं हजार नेपाली आमाका असल छोरीछोराहरूको नरसंहार गरेको इतिहास ताजै छ । र जनयुद्धकै प्रक्रिया अर्न्तर्गत अर्कोतिर माओवादीले आधार इलाकाहरूको निर्माण गरेको, जनसत्ता र जनसरकारहरू, जनअदालतहरू संचालनमा ल्याएको र सातौ डिभिजनसम्मको जनमुक्ति सेना -लालसेना) नेपालको निर्माण गरिसकेको इतिहासमा पनि नेपाली जनता र विश्वजनताको नजरबाट ओझेल हुन सकिरहेको छैन । यो दश वर्षो जनयुद्धको ऐतिहासिक उपलब्धिलाई संसारको कुनैपनि ताकतले सिध्याउन सक्ने वाला छैन ।
तर यही महान दश वर्षो जनयुद्धको नेतृत्व गरेर आएको माओवादीको एउटा मुख्य हिस्सा २०६२ को चुनबाङ बैठकबाट शान्ति प्रक्रियामा प्रवेश गर्ने बहानावाजी सँगै नव संशोधनवादमा पतन हुन पुगी नेपाली क्रान्तिप्रति, नेपाली जनताप्रति गद्धारी गर्दै नेपाली क्रान्तिको झण्डालाई बीच बाटोमै लत्तयाएर साम्राज्यवादीहरू तथा विस्तारवादीहरूका सामु लम्पसार परेर राष्ट्रिय रूपमा तथा अन्तर्रााट्रय रूपमा आत्मर्समण गर्दै विजातीय शक्तिका रूपमा रूपान्तरण हुन पुगी प्रतिक्रियावादी वर्ग्मा सामेल हुन पुगे पश्चात त्यस नव संशोधनवादी समुहलाई लालगद्धार घोषणा गर्दै एकीकृत माओवादीसित त्यस पार्टीका क्रान्तिकारीहरूले सम्बन्ध विच्छेद गरि नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी कपा – माओवादीको गठन गरेको आज १ वर्षपूरा भएर दोश्रो वर्षा प्रवेश गर्दैछ । आज पार्टीीापनाको पहिलो वाषिर्क उत्सवको रूपमा देश र प्रवासमा समेत आम नेपाली कम्युनिष्ट क्रान्तिकारीहरू र आम नेपाली जनताले धुमधामका साथ मनाइरहेका छन् । र क्रान्तिप्रति आशावादी बनिरहेका छन् ।
एमाओवादीका क्रान्तिकारीहरूले लामो समयावधि र भीषण दुइलाइन संर्घष्ाको परिणाम स्वरूप नवसंशोधनवादी समुहसीत सम्बन्ध विच्छेद -क्रान्तिकारी) व्रि्रोह नै जुन साहस र आँट गर्या यो नै सबैभन्दा ऐतिहासिक कदम थियो । यस प्रकारको व्रि्रोह थोरै मात्रै भएका उदाहरणहरू छन् । सोभियत रुसमा लेनिनले सबैखाले संशोधनवादीहरू र अवसरवादीहरूसीत सम्बन्ध विच्छेद र व्रि्रोह गरेर नै वोल्सेविक पार्टी निर्माण गरेर आफ्नै नेतृत्वमा सन् १९१७ मा महान अक्टोवर समाजवादी क्रान्ति सम्पन्न गरेर उत्पीडित राष्ट्र र जनतालाई ठूलो शिक्षा प्रदान गर्नु भएको थियो । चीनमा क. माओले दक्षिणपन्थि, वामपन्थी संशोधनवादीहरू तथा अवसरवादी नेतृत्वको विरुद्ध भिषण दुइलाइन संर्घष्ा गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टीनीर्माण गर्दै सन् १९४९ मा महान चिनीयाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुभएको थियो । विश्वका अनेकौ क्रान्तिकारी कम्युनिष्ट पार्टीले यही प्रक्रियलाई अवलम्बन गरेर मात्र क्रान्ति सम्पन्न गरेका उदाहरणहरू छन् ।
हामीले क्रान्तिकारी ढंगले, लामो दुइलाइन संर्घष्ा पश्चात नवसंशोधनवाद र सबै खाले अवसरवादीहरूसीत सम्बन्ध विच्छेद गरेर क्रान्ति सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गर्दै नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण पनि गर्यौं । राष्ट्रिय महाधिवेशनबाटै नेपाली जनवादी क्रान्तिको क्रान्तिकारी कार्यदिशा जनयुद्धको जगमा जनव्रि्रोहलाई पारित पनि गर्यौं । तर हामीले आफैंले प्रतिवद्धता जाहेर गरेका उद्देश्यहरूलाई पूरा गर्ने दृष्टिकोणबाट अगाडि बढन् सकेका छैनन् । हामीले जनव्रि्रोहको कार्यदिशा त पारित गर्यौं । तर त्यसलाई क्रियान्वयन गर्ने खालका चुस्त दुरुस्त र वैज्ञानिक खालका पार्टी कमिटी गठन, निर्माण गर्न सकिरहेका छैनौं । केन्द्रदेखि तल सेल कमिटी सम्म नव संशोधनवादी प्रचण्ड – बाबुरामले निर्माण गरेका भन्दा पनि भद्धाखालका अवैधानिक संगठनहरू निर्माण गरेका छौं । कुनैपनि पार्टी कमिटी विधाने निर्धारण गरेका मापदण्ड अनुरूपका बनाउन सकिरहेका छैनौं । पार्टीनर्माण गर्दा नातावद, कृपावाद, जातिपातीवाद जस्ता सामन्ती संस्कृतिलाई परित्याग गर्न सकिरहेका छैनौं ।
पार्टी कमिटी ठूला, भद्दा बिना मापदण्डका आधारमा बनाइएका कारणले नियमित बैठक बस्ने, जनवादको अभ्यास गर्ने सवालमा धेरै नै पछाडि छौं । पार्टी जनवादी केन्द्रीयताका सिद्धान्त बमोजिम निर्माण गर्न र चलाउन चुकि रहेका छौं । पार्टीमा गोपनीयताका गम्भीर समस्याहरू रहेका छन् । अनुशासन र कार्वाही गर्नुपर्ने पद्धतिलाई पूण्ारूपमा लागू गर्न चुकीरहेका छौं । पार्टीभित्र गैर र्सवहारावादी कार्यशैली र आचारणहरू लोप हुँदै गइरहेका छन् र पार्टीभित्र बुर्जुवा संस्कृतिले प्रसप पाइरहेका छन् । नेताहरूको बोली र भाषणमा एकरूपमा आउन सकिरहेको देखिँदैन । पार्टीभित्र १० वर्षो जनयुद्धको व्याजको स्याज खाने, क्रान्तिकारी आवरणभित्र लुकेर व्यक्तिगत स्वार्थ पूर्ति गर्ने खाने प्रवृत्ति, नाफाको जिन्दगी हो भन्दै क्रान्तिका नाममा जीवनलाई व्यापारमा लगाइएको जस्तै गरी भाषण गर्दै हिड्ने अहंकारी संस्कृतिले घर जमाउन छाडेको छैन । यस खालका गैर माओवादी कार्यशैली र जिवनपद्धतिलाई हामीले निर्मूल पार्न सकिरहेका छैनौं ।
आम पार्टीपक्तिभित्र स्कूलीङको खडेरी नै परिरहेको छ । मार्क्सवादी शास्त्रीय अध्ययन शुन्य प्रायः नै छ । टपरटुइयाँ अध्यापन र बुझाइका आधारमा नेता बन्ने प्रवृत्ति पार्टीपक्तिभित्र हावी भइरहेको छ र यस प्रवृत्तिले भुइफूट्टाहरूलाई समेत नेता बन्न मौका दिइरहेको छ ।
हामीले आम पार्टीपक्तिभित्र पार्टी कार्यकर्ताहरूको उचित मूल्यांकन गर्न र क्षमता र आवश्यकताका आधारमा कार्यकर्ताहरूलाई उचित र वैज्ञानिक ढंगले विन्यास गर्न सकिरहेको छैन । पार्टीभीत्र कार्यकर्ताहरूको पदोन्नति, जिम्मेवारी बाडफाँडमा विधान, जनवादी केन्द्रीयता र क्रान्तिकारी पद्धति र परम्पराविपरीत “टिके प्रथा” लाई प्रस्रय दिइरहेका छौं । यी कार्यशैली, पद्धती र तौरतरिकाहरू क्रान्तिकारी पार्टीको कार्यशैली अर्न्तर्गत पर्न सक्दैनन् । हामीले पार्टर्ीी विभागहरू जनवर्गीय संगठन र मोर्चा संगठनहरूलाई विधान बमोजिम र पार्टी, क्रान्तिलाई मद्दत पुग्ने गरि निर्माण गर्न र परिचालन गर्न सकिरहेका छैनौं । हामीले आम पार्टी कार्यकर्ताहरूलाई देश, जनता र क्रान्तिप्रति जिम्मेवारी बोध गर्ने, दायित्व बोध गर्ने गरि तयार पार्न सकिरहेका छैनौं । पार्टीभीत्र आर्थिक साँस्कृतिक विचलन व्याप्त छ । यस खाले गैर मार्क्र्सववादी कार्यशैलीलाई रोक्न सम्म पनि हामीले ध्यान दिएका छैनौं । पार्टीभीत्र प्रचण्ड बाबुराम प्रवृत्तिहरू जब्बर भएर बलिया जराहरू गाडेर मौलाइरहेका छन् । यसमा क्रान्तिकारी रूपान्तरणतिर हामीले ध्यान पुर्याउन सकिरहेका छैनौं । प्रचण्ड प्रवृत्ति नेपाली कम्युनिष्ट आन्दोलनभित्र मौलाएको भयंकर डरलाग्दो प्रवृत्ति हो । यसलाई निर्मूल नपारिकन क्रान्तिकारी पार्टीनीनर्माण गर्न गाह्रो पर्दछ ।
पार्टीभीत्र हामीले सुद्धिकरण र सुदृढीकरण गर्ने सवालमा उचित ध्यान सकिरहेका छैनौं । लामो समयसम्म नवसंशोधनवादी सात संगत गरेर आएका हुनाले हाम्रो पार्टीपक्तिभित्र नवसंशोधनवाद र अवसरवाद एवं व्यक्तिवादका अवशेषहरू रहनु स्वाभाविकै हुन्छ । तिनलाई निर्मूल नपारिकन क्रान्तिकारी पार्टीनीर्माण गर्न सकिँदैन र गफ हाकेर पार्टर्ीीmान्तिकारी बन्ने पनि होइन । त्यसो भएर आम पार्टींपक्ति भित्र विधान र पार्टीपद्धति एवं मार्क्सवाद लेनिनवाद माओवादको सैद्धान्तिक दायरभित्र रहेर सुद्धिकरण र सुदृढीकरण अभियान संचालन गर्न जरुरी हुन्छ ।
साम्राज्यवादीहरू र विस्तारवादीहरूको योजना र निर्देशनमा हामीलाई एक्ल्याउने र फाँसीवादी दमनद्वारा सिध्याउने उद्देश्यले नेपालस्थित विदेशी शक्तिकेन्द्रका दलालहरूले नौटंकी चुनावको मिति समेत घोषणा गरिसकेका छन् र हामीले यसलाई बहिस्कारको कार्यमार्फ पूरै ध्वस्तै पार्ने निर्ण्र् गरिसकेका छौं । विगतमा झैं हामीले देशीविदेशी वर्ग शत्रुहरूसीत मात्र लडाइ लड्नु पर्नेछ । अब त नेपाली कम्युनिष्ट आन्दोलनमा ठिमाह सन्तानका रूपमा पहिचान पाइसकेको नवसंशोधनवादी र सबै खाले संशोधनवादीहरूसीत पनि भीषण लडाइ लड्नुपर्नेछ र उनीहरू फाँसीवादी रवैया अपनाएर हाम्रो विरुद्ध, नेपाली जनताको विरुद्ध आउँदैन । यी सबै षड्यन्त्र र क्रियाकलापलाई चकनाचुर पार्दै क्रान्तिलाई विजयको शिखरतिर पुर्याउनका लागि हामीले पार्टीीई बेल्सेविकीकरण गर्नैपर्ने हुन्छ । लेनिन र माओबाट सबैभन्दा बढि सिक्नै पर्ने हुन्छ । र विगतका हाम्रा कमी कमजोरीहरूलाई पन्छाएर पहिलो नम्बरमा क्रान्तिकारी, सिद्धान्तनिष्ठा एकतामा आधारीत लडाकु पार्टीीनर्माण गरेर र त्यसलाई व्यवहारमा क्रियान्वयन गरेर मात्र हामीले हाम्रा लक्ष्य उद्देश्यहरूलाई प्राप्त गर्न सक्ने छौं । जुन लक्ष्य र उद्देश्यहरूले हामीले नवसंशोधनवादसीत सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी पार्टी नेकपा – माओवादीको गठन बौध भेलाबाट ऐतिहासिक कदम र साहसका साथ गरेका थियौं । यहि शुभकामना पार्टीलाई पहिलो वाषिर्क उत्सवको अवसरमा ।
-लेखक नेकपा – माओवादी केन्द्रीय सल्लाहकार र केन्द्रीय पार्टी वीभागका सचिव हुन।

 

 

 

 

 

 

 

 

अवरुद्ध कम्युनिष्ट आन्दोलन – रुस , चिन र नेपाल

 

सोनु कुमार सुनार


रुस र चिन
 हामीलाइ थाहा भएको कुरा हो की महान लेनिन को नेतृत्वमा वोल्सेविक पार्टीले सन १९१७ मा रुसमा अक्टुवर क्रान्ति सम्पन्न गरेको थियो । त्यो क्रान्ति वास्तवमै अपुर्व र युगान्तकारी घटना थियो । त्यसले मानवजातीको इतिहाँसमा नयाँ युग आरम्भ अर्थात सर्वहारा क्रान्तिको युगको आरम्भ गरेको थियो । रुस नै त्यस्तो पहिलो समाजबादी मुलूक बन्यो जँहा समाजबाद निर्माणको प्रक्रियालाइ व्यवस्थीत रुपमा अघि बढाइयो र सर्वहारा वर्गको अधिनायकत्वलाइ सुदृढ गर्ने दिशातिर पाइला चालियो । यसले विश्व कम्युनिष्ट आन्दोलन लाइ अघि बढाउन , साम्राज्यबादको शोषण , उत्पीडनमा परेका राष्ट्रहरुको मुक्ति संघर्षलाइ वल प्रदान गर्न र हरेक देशको प्रतिक्रियाबादलाइ कमजोर पार्न अत्यन्त सक्रिय भुमिका निर्वाह गर्यो । लेनिनको विशेषता के थियो भने उनले क्रान्ति र क्रान्तिपछिका दिनमा क्रान्तिका उपलव्धीहरुलाइ जोगाउने बारे कार्ल माक्र्स ,एंगेल्स ले प्रतिपादन गरेका सिद्धान्तमा आधारित रहेर कैयौँ निती र विचारहरु थपेका छन । त्यसैले विश्व कम्युनिष्ट आन्दोलन लाइ उनको विचार सँग पनि जोडेर माक्र्सबाद–लेनिनबाद भन्न थालियो । महान लेनिनको निधन पछि रुसी वोल्सेविक पार्टीको कमान कं स्टालीन ले सम्हाले । उनले कठिन परिस्थीतीमा समाजबाद निर्माणको अभियानलाइ डोर्याए । उनले ट्राटस्कीपन्थी र वुखारिनपन्थी हरुको गुट विरुद्ध दृढता पुर्वक संघर्ष गरेर लेनिनबादी सिद्धान्तको पनि रक्षा गरे । उनकै नेतृत्वमा वोल्सेविक पार्टी र सोभियत संघका जनताले जर्मन फासिज्मलाइ हराइयो र विश्वलाइ नै फासिज्मको क्रुरताबाट बचाइयो ।
    कमरेड स्टालिनको निधन सन १९५३ मा भयो । खुस्चेभ सोभियत संघको कम्युनिष्ट पार्टीको नेतृत्वमा आए । उनले पार्टी र राज्यमा आफ्नो निर्णायक नियन्त्रण कायम गरीसकेपछि सन १९५६ मा भएको पार्टीको २० औँ महाधिवेशनमा संसोधनबादी लाइन ल्याए । त्यसले विश्व कम्युनिष्ट आन्दोलनलाइ गम्भीर विचलन तर्फ हिँडायो ।

   कं माओत्सेतुङको नेतृत्वमा चिनीया कम्युनिष्ट पार्टीले खुस्चेभी संसोधनबाद विरोधी संघर्षको झण्डा उठायो । हामी त्यसलाइ महान बहस भनेर जान्दछौँ  । त्यसबाट विश्व कम्युनिष्ट आन्दोलनको रक्षामा ठुलो भरथेग भएको थियो । तर भयो के भने माओको निधन पछि चिनीया कम्युनिष्ट पार्टीको कमान तेङ सियाओ पिङ को नेतृत्वमा संसोधनबादीहरुले पक्रे र चिनले पनि संसोधनबादी बाटो पक्रियो ।


     उता सोभियत संघको कम्युनिष्ट पार्टीको नेतृत्वमा खुस्चेभ पछि व्रेज्नेभ आए जसले सोभियत सँगलाइ सामाजिक साम्राज्यबादी महाशक्ति का रुपमा विश्व प्रभुत्व को होडमा उँभ्याए र संसोधनबादी वुर्जुवा वर्गको सामाजिक फासिस्ट तानाशाही चलाए । त्यसपछि सन १९८५ मा गोर्वाचोभको पदार्पण भयो । उनले खुस्चोभदेखीको संसोधनबादी लाइनका कारण पार्टी र सोभियत संघभित्र थुप्रिएको समस्या हल गर्ने सुधार कार्यक्रमको नाममा पेरेस्त्रोइका र ग्लासनोष्ट निती अघि सारे । उनको यो सुधार कार्यक्रमले सोभियत संघलाइ पुँजीबादको पुनस्थापना  गर्ने दिशामा जान थप बल प्रदान गर्यो । त्यो कार्यक्रम आएपछि संसारभरका साम्राज्यबादीहरु र प्रतिक्रियाबादीहरुले गोर्वाचोभको खुलेर प्रशंसा गरे र उनलाइ सहयोग गरे । साम्राज्यबादीहरुले लामो समयदेखी सोभियत संघको कम्युनिष्ट पार्टीको झण्डालाइ उखेल्ने र सोभियत संघलाइ पनि तहसनहस पार्ने जुन षडयन्त्र गर्दै आएका थिए त्यो पुरा भयो । सन १९९१ मा सोभियत संघको कम्युनिष्ट पार्टी प्रतिवन्धीत भयो र १४ वटा गणराज्य मिली बनेको सोभियत संघ विघटन भयो । ति विघटित गणतन्त्रहरुमा पुँजीबाद लागु भयो । सन १९५६ देखी खुस्चोभ बाट संसोधनबादी(दक्षिणपन्थी,अवसरबादी) यात्रा १९९१ मा गोर्वाचोभले सोभियत संघको विघटन र ति गणतन्त्र हरुमा पुँजीबाद लागु गरेपछि पुरा भएको थियो ।
गोर्वाचोभको सुधार कार्यक्रम को प्रवाहले पुर्वी युरोप का देशहरुलाइ सोभियत संघ ढल्नुभन्दा पहिले नै सिद्धायो । ति देशहरुमा पुँजीबादी सत्ता स्थापना भए । पुर्वी युरोपका देशहरुमा पुँजीबाद त्यति सजीलै लागु हुनूको कारण मुलत तिन कारण थिए । एक , दोस्रो विश्वयुद्ध ताका जर्मन फासिष्टहरुलाइ सोभियत संघका सेनाहरुले  लखेट्ने क्रममा ती देशहरुमा सर्वहारा सत्ता कायम गरिएका थिए । त्यसैले ति देशका शासकहरुमा परेको सोभियत संघ को राजनितीक प्रभाव का कारण उनीहरु रुसमाथी भर पर्न थाले ।
दुइ , वार्सा सैनिक संगठन र पारस्परिक आर्थिक सहायता परिषद को गठन देखी रुसी निर्भरता झनै बढेर गयो । गोर्वाचोभको कार्यकालमा सोभियत संघको आर्थिक अवस्था संकटग्रस्त भएकाले पुर्वी युरोपमा दिइएको आर्थिक सहायता बन्द गरियो । ति देशहरुबाट सोभियत सेना समेत फिर्ता गरियो । गोर्वाचोभले वार्सा सैनिक संगठनलाइ १ जुलाइ १९९१ र पारस्परिक आर्थिक सहायता परिषदलाइ २८ जुन १९९१ मा विघटन नै गरिदिए । यसले पुर्वी युरोपका शासकहरुलाइ गम्भीर धक्का दियो । तिन,सोभियत संघको छातामुनी बस्ने क्रममा ति देशका शासक पार्टीहरु खुस्चेभको संसोधनबादी लाइन को पछि लागे र अन्त्यमा गोर्वाचोभको कथित सुधारबादी कार्यक्रमको प्रवाहमा बगे ।
नेपालमा कम्युनिष्ट आन्दोलन
नेपाल कम्युनिष्ट पार्टीको स्थापना सन १४४९ मा भएको थियो । पार्टीको प्रथम महाधिवेशन (सन १९५१) ले नयाँ जनबादी क्रान्तिको लाइन पारित गरेको थियो । तर दोस्रो र तेस्रो महाधिवेशन ले संसोधनबादी लाइन पक्रेपछि पार्टी गुट र उपगुटमा विभाजन भयो । त्यसमध्य झापाली समुहले सन १९७२ मा वर्ग सत्रु खतम गर्न गुरिल्ला संघर्षको थालनी गरेको थियो । दक्षिणपन्थी संसोधनबाद विरुद्धको संघर्षको नाममा त्यसमा उग्रवामपन्थी भड्काउ देखापर्न गयो । त्यसपछि छिट्टै दक्षिणपन्थी बाटो समात्यो , त्यो धार अहिले नेकपा एमालेको नाममा क्रियाशिल छ । जसले सर्वहारा वर्गको अधिनायकत्वको विरोध गर्छ र दक्षिणपन्थी अवसरबादमा पतन भइसकेको छ ।
सन १९९६ पश्चात नेकपा(माओबादी) ले शसस्त्र जनयुद्धको सुरुवात गर्यो । त्यो महान जनयुद्ध १० बर्ष सम्म चल्यो । सन २००६ को जनआन्दोलन मा संसदबादी दलहरु सँग १२ बुँदे घातक राष्ट्रघाती सम्झौता पश्चात सो पार्टीले दक्षिणपन्थी दिशा समात्यो । त्यसले पनि सर्वहारा वर्गको नेतृत्व अस्विकार गरेको छ र त्यसको विकल्पमा बहुदलिय प्रतिस्पर्धा को निती लिएको छ । बर्तमान समयमा एकिकृत नेकपा माओबादी को नाममा रहेको उक्त पार्टी नवसंसोधनबाद मा पतन भइसकेपछि विश्वकम्युनिष्ट आन्दोलनमै प्रभाव पार्ने गरी नयाँ क्रान्तिकारी नेपालमा कं मोहन किरण को नेतृत्वमा जन्मीएको छ । बर्तमान समयमा माक्र्सबाद–लेनिनबाद–माओबाद को आलोकमा नेकपा–माओबादी मात्रै नेपाल मा कम्युनिष्ट पार्टीको रुपमा देखिन्छ । अवरुद्ध कम्युनिष्ट आन्दोलनलाइ यही पार्टीले मात्रै अगाडी लानसक्ने देखिन्छ । करोडौँ नेपाली जनताको भरोसा पनि यही पार्टी माथी रहेको छ ।