
सोनु कुमार सुनार
विहान को समयमा एकदमै भारी बर्षा भइरहको छ । मधेशको समथर फाँट जो पानी र वाफको कारण राम्रो सँग देखिन पनि छाडेको छ । एकछिनपछि झनठुलो बर्षा होला र कोठामा जान नपाइएला भन्ने संकोच मनमा उत्पन्न भइरहँदा पानी पानी भएपनि कोठामा जाने निर्णय गरेँ र थोत्रो साइकल चलाएर म कोठा तर्फ हिँडन खोज्दैथिँए , हावा , हुरी र भारी बर्षाको कारण साइकल चलाउन सक्ने स्थिती थिएन । केही पर सडक विचमा पुगेपछि पानी आकाश बाट झन ओइरियो र साइकल सँगै मलाइ पनि सडक विचमै...