बेईजिङ, । आफ्नो सन्तान त
आमाहरुका लागि आफ्नो मुटुभन्दा पनि प्यारो हुन्छ भनिन्छ । तर भनेर के गर्नु
? सबै आमाहरु त्यस्ता नहुँदा रहेछन् ।
पूर्वी चीनको ज्याङ्सु प्रान्तस्थित
झुजोउकी एक निर्दयी आमाले आफ्नै ८ महिने दुधे बालकलाई कैंची प्रहार गरी
घाइते बनाएकी छिन् ।
ती महिलाले दुध पिलाउने समयमा आफ्नै बच्चाको शरीरमा ९०
पटक कैंची प्रहार गरी घाइते बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले
जनाएका छन् ।
आमाको कैंची प्रहारबाट घाइते भएका जिया
बाओ नामक ती दुधे बालकको अधिकांश चोट अनुहारमा रहेको जनाइएको छ । घाइते
बालकको शरीरमा १०० टाँका लगाइएको पनि जनाइएको छ ।
आफ्नी आमा र दुई काकाका साथमा रहँदै आएका
ती बालकलाई उनका काकाले रगतले लत्पतिएको अवस्थामा भेटेपछि उपचारका लागि
तत्काल अस्पताल पु-याएका थिए । आमाको गम्भीर आक्रमणपछि पनि बालक भने बाँच्न
सफल भएको बताइएको छ ।
घटनापछि प्रहरीले बालकको आमासँग सोधपुछ
गर्दा दुध पिलाउने समयमा ९० पटक कैंची प्रहार गरिएको पुष्टी भएको हो ।
प्रहरीसँगको बयानमा बालककी आमाले जिया बाओले दुध पिउने समयमा हातखुट्टा
चलाएको र स्तनको मुन्टा टोकिदिएका कारण कैंची प्रहार गरेको बताएकी जनाइएको छ
।
यद्यपी आमाले आफ्नै बालकप्रति गरेको कठोर
व्यवहारको यकिन कारण भने पुष्टी नभईसकेको जनाइएको छ । बालकको खतरामुक्त
अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।