भारतिय हस्तक्षेपले निम्त्याएको बिनास : माओवादी

काठमाडौं , ८ असार ।भारतले एकपक्षीय रुपमा धौलीगंगा बाँध खोल्दा दार्चुला सदरमुकाम खलंगा नै ध्वस्त हुने गरी महाकाली नदीमा विनासकारी बाढी आएको नेकपा-माओवादीले दावी गरेको छ ।
माओवादीका महासचिव
रामबहादुर थापा बादलले विज्ञप्ति जारी गरि सम्भाव्य अरु क्षती रोक्न पहल गर्न माग गरेका छन् । ‘’सीमा नदी महाकाली पारी भारतीय पक्षले एकपक्षीय रुपमा धौलीगंगा बाँध बाध्नु, नदी किनारमा तटबन्ध बनाउनु र वर्षातपछि नेपाललाई जानकारी नदिई बाँध खोल्नुले भाएको क्षति हस्तक्षेपकारी बिनास हो ।’