नेकपा–माओबादी सँग ३ कम्युनिष्ट पार्टी, एकता प्रक्रियामा

तीन माओवादीसहित चार कम्युनिष्ट पार्टीबीच एकताको प्रयास सुरु भएको छ । मोहन बैद्य किरण नेतृत्वको नेकपा-माओवादी, मातृका यादवको नेकपा माओवादी र पूर्व माओवादी नेता मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युष्टि पार्टी र परि थापा नेतृत्वको नेकपा एकीकृतबीच बिहीबार क्रान्तिकारी कम्युनिष्टहरुको एउटै केन्द्र बनाउनेबारे छलफल भएको हो ।

‘क्रान्तिकारी कम्युनिष्टहरुको एउटै केन्द्र बनाउनेबारे सैद्धान्तिक छलफल भएको हो’ मणि थापाले अनलाइनखबरसँग भन्नुभयो- ‘क्रान्तिकारी कम्युनिष्टहरु एक ठाउँमा नआउने हो लेफ्ट मुभमेन्ट सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो ।’