चिल हो तर हेलिकोप्टर चढ्छ के हो ? : प्रचण्ड

सोनु कुमार सुनार :
 नेपाली राजनिती केही समय अगाडी देखी  स्वयम नेपालीको नियन्त्रण भन्दा वाहिर छ । नेपाली राजनिती कतै बाहिर बाट हस्तचालित जस्तै बनेको छ । नेपालका राष्ट्र र सरकार प्रमुख पदमा रहेका मान्छेहरु के यिनीहरु हाम्रै हुन ? के यिनीहरु नेपाली जनताको नेतृत्व गरिरहेका छन ? के यिनीहरु देश र जनता प्रति बफादार छन ? यो प्रश्नको उत्तरमा हामीलाइ लाग्छ यो देशको ठेक्का लिएका भनीएका मान्छे हरु जो नेपाली जनताको नेतृत्व गर्ने मान्छे हरु होइनन । किनकी ति मान्छेहरु जनताका प्रतिनिधी को रुपमा राज्यको नेतृत्व गर्न गएका होइनन । नेपाली जनताको व्यापक विरोध को बाबजुद थमौती गरीएका मान्छेहरु आज यो देशलाइ फेरी एकचोटी द्धण्द्ध , प्रतिशोध र संकट को भुमरीमा जवरजस्ती धकेल्न हरतरह प्रयास गरिरहेका छन । त यिहरु किन यस्तो गर्दैछन त भन्दा विदेशी दलाल को रुपमा यी हरु अहिले नेपालमा प्रतिनिधीत्व गरिरहेका छन । केही समयकै पेरी फेरीमा नेपाली राजनिती दुइवटा धु्रव हरुमा केन्द्रित भएको छ । विदेशीको इशारामा निर्माण भएको चारदल प्राइभेट लिमीटेड को सिफारिसमा निर्माण भएको निर्दलिय नालायक सरकार ले कथित निर्वाचन गर्ने भनेर घोषणा गरेलगत्तै चारदल सिण्डीकेट , निर्दलिय सरकार र सरकार हेण्डल गर्ने विदेशी जवरजस्ती चुनाव गर्ने भनेर लागीरहेका छन भने अर्काेतिर सम्पुर्ण नेपाली जनता , देशभक्त क्रान्तिकारीहरु , कानुनव्यवसायी हरु , लेखक हरु विद्यार्थीहरु , कलाकारहरु र करिव करिव सवै नागरिक हरु चारदलको यो अनावस्यक दादागिरी विरुद्धमा उभिँएका छन । यो नेपाली जनता को गौरवशाली वृहत मोर्चाको नेतृत्व नेकपा–माओबादीले गरिरहेको छ । केही समय अगाडी सरकारले निर्वाचनको मिती घोषणा गरेलगत्तै , निर्दलिय सरकारले नेपाली जनतालाइ निषेध गरेर गर्न खोजीरहेको यो चुनावको विरुद्धमा नेकपा–माओबादी ले संघर्षको घोषणा गरेको छ र अहिले देशव्यापी चुनावविरोधी अभियानमा नेकपा–माओबादी जुटिरहेको छ ।  पछिल्लो. समयमा भारतको सवैभन्दा नजिक को दलालको को रुपमा आफुलाइ परिचित गराएको एकीकृत नेकपा माओबादी जो निर्वाचन पक्षिय हरुको एउटा शक्ति भित्र पर्दछ । नेपाली जनयुद्धलाइ भारतको पाउमा राखेर सिद्धाउन उद्धत यो पार्टीका  आफुलाइ चिल सम्झने नेता प्रचण्ड जो वेला वेलामा पागल ले जस्तो भाषण गर्दै चर्चामा आउने गरेका छन । भर्खरै यो पार्टीको एउटा विस्तारित वैठक सम्पन्न भएको छ , पछिल्लो समयमा प्रचण्ड ले पार्टीलाइ शक्तिशाली र ठुलो बनाउनको लागी पार्टीमा हत्यारा , गुण्डा , फटाहा , सामन्त , सुरा सुन्दरीहरु लाइ पनि संगठित गर्ने नयाँ योजना ल्याएका छन । त्यही क्रममा व्रा र पेन्टीले मात्रै यौनाङ्ग छोपेर नांगै नाच्ने रेखा थापालाइ पनि प्रचण्ड ले पार्टीमा भित्राएका छन । वास्तवमा मान्छेहरु प्रचण्डको यस्तो क्रियाकलापलाइ बढो अचम्मको साथ नियाली रहेका छन । एमाले , कांग्रेस , मधेशी भित्रका खतम कम्पनी को पनि प्रचण्ड खरिद गर्ने क्रममा रहेका छन । रेखा थापाले आफुलाइ केन्द्रिय सदस्य पद मागेपछि त्यो दिन त प्रचण्ड राजी भए तर बाबुराम भट्टराइ र नारायणकाजी लाइ यो कुरा स्विकार्य हुन सकेन , रेखा थापाले आफुले विहे नगर्ने तर प्रेमी सँग सेक्स गरेर वच्चा पाउने भन्ने अन्तरवार्ता दिएपश्चात एमाओबादी का सवै सवै ले कसरी नाक बँचाएका होलान त्यो पनी अचम्मकै
कुरा भयो । केही समय अघि मधेशी राजनिती बाट एमालेमा छिरेका र पहिला एकचोटी मन्त्री पद पनि खाइसकेका रामचन्द्र झा लाइ प्रचण्ड ले पार्टीमा प्रवेश गराए । प्रचण्ड ले उनलाइ पार्टीको कार्यकारी सचिव पद दिन्छु भनी ल्याएका रहेछन । जव पार्टीमा रामचन्द्र झा ले सचिव पद मागे तव सुरु भो भद्रगोल त्यसपछि पार्टीमा गम्भिर प्रकारको झगडा सुरु भयो । झगडाकै विचबाट कुनै समयमा भारतको एकनम्बर दलाल भनेर चिनीएका बाबुराम भट्टराइले उपाध्यक्ष पदबाट राजीनामा दिए । अस्ति भर्खर हेटौडामा त्यत्रो तामझाम गरेर प्रचण्ड ले चिल निती ल्याएका थिए  तर ६ महिना नपुग्दै चल्लाहरुले यसरी नितीको उल्लंघन गर्लान भनेर कसैले सोँचेकै थिएन । भर्खरै एमाओबादीको विस्तारित वैठकले प्रचण्डलाइ सर्वाेच्च देवता ठान्दै अरु सव केन्द्रिय सदस्य बनेर वैठक समापन गरेको छ । त्यही क्रममा प्रचण्डले आफुलाइ चिल र अरु लाइ चल्ला बताएका छन । राजनितीक संकट सँगै प्रचण्डमा आउने मानसिक संकट को कारण उनी जथाभावी बोल्न थाल्दछन । हामीलाइ लाग्न थालेको छ की प्रचण्ड कुनै हाँस्य कलाकार हो । हेलीकोप्टरमा चढेर पार्टीको वैठकमा जान पाँउदा उनले आफुलाइ चिलको कल्पना गरेका पनि हुन सक्दछन । आफुलाइ चिल भन्छ तर हेलीकोप्टरमा चढ्छ को हो ? भन्ने प्रश्न मा व्यंग गर्दै एक कार्टुनिष्ट ले भनेका छन त्यसको उत्तर : प्रचण्ड ।

'कम्युनिस्टको मूल प्रवाहबाट सधैं धोका'

वामपन्थी नेताहरूले कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका नेतृत्वले गद्दारी गरेकाले हरेक पटकको आन्दोलनमा धोका पाएको अनुभव राखेका छन् । 'नेपालको कम्युनिस्ट आन्दोलनमा कमरेड पुष्पलाल' विषयक विचार गोष्ठीमा आइतबार उनीहरूले आन्दोलनलाई धोका दिनेहरूलाई भन्डाफोर गर्नुपर्ने धारणा राखे ।

नेकपा-माओवादी सचिव देव गुरुङले पुष्पलालले नेपालको कम्युनिस्ट पार्टीको स्थापना, नयाँ जनवादी क्रान्तिको प्रस्तावना र माओवादी मान्यतालाई स्थापित गर्ने कार्यमा अतुलनीय योगदान गरेको बताए ।

'उहाँको त्यो योगदान हामीले अधुरो क्रान्ति पूरा गर्ने सवालमा लगाउन जरुरी छ,' नेकपा (एकीकृत) ले गरेको कार्यक्रममा उनले भने, 'कम्युनिस्टहरूले विगतमा राजा र कांग्रेसले नगरेको आत्मसमर्पण, दलाली र गद्दारी गरेका छन् । उनीहरूसँग वैचारिक रूपमा भन्डाफोर गर्न जरुरी छ ।'

नेकपा (माओवादी) का संयोजक मातृका यादवले पुष्पलालको स्मृति मनाउँदा उनको योगदानको कदर गर्न सक्नुपर्नेमा जोड दिए । एकीकृतका महासचिव परी थापाले पुष्पलालबाट सिक्ने कुरा त्याग, लगनशीलता र इमानदारी भएको दाबी गरे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य टीकाविक्रम हमाल, एकीकृतका पोलिटब्युरो सदस्य चित्रबहादुर आले मगर, नेकपा मालेका नेता कपिल पोखरेल, नेकपा माले -समाजवादी) का नेता विष्णु अर्याल, पुष्पलाल प्रतिष्ठानका नेता लोककृष्ण भट्टराई, लोचन केसीलगायतले पुष्पलालबारे चर्चा गरेका थिए ।

प्रकाश र विना प्रेमकाण्डमा झण्डै गोली खाइयो:– कृष्ण के.सी

एमाओवादीका युवा नेता कृष्ण केसीले आफूलाई प्रचण्डपुत्र प्रकाशले झण्डै मारेको खुलासा गरेका छन् । शक्तिको आडमा उनले आफ्नो शक्ति प्रदर्शन गर्दै आफुलाई थर्काउने क्रममा झण्डै-झण्डै आफ्नो ज्यान गएको युवा नेता कृष्ण केसीले खुलासा गरेका हुन् ।

नेता केसीले पहिले मालेमा काम गर्दाका साथीहरूसँग भनेअनुसार प्रकाशको हातबाट थोरै मात्र ट्रिगर दबेको भए उनी स्वर्गबासी भइसक्ने रहेछन् । बिना मगरसँग भागेको कुरा सार्वजनिक गरेको भन्दै उनीसँग पड्किएका प्रकाशले आफ्नै बाबुको अंगरक्षकको पेस्तोल कृष्णमाथि ताकेका रहेछन् । उक्त समयमा यदि ट्रिगर थोरै मात्र दबेको भए आफ्नो ज्यान जाने थियो भन्दै आफ्ना पहिले मालेमा भएका केही साथीसँग गुनासो गरेका रहेछन् ।

प्रचण्डका निम्ति पार्टीद्धारा अंगरक्षक खटाइएका युवराज दुलाल 'शरद'ले सगरमाथाबाट फर्केपछि प्रकाश तथा बिनाको प्रेम प्रकरणबारे माता सीतालाई भान्सामा पोल लगाइरहँदा प्रकाशले बैठकको ढोका समेत फुटाएका थिए ।

उता, प्रकाशले बिनालाई राख्नका लागि ललितपुरको एउटा घरमा सुविधासम्पन्न फ्ल्याट लिएका छन् । उक्त फ्याल्ट हेर्दा चानचुने पैसाको नभएको सहजै अनुमान लगाउन सकिन्छ । यसबारे पेरिसडाँडामा समेत पटक-पटक कुरा उठिसकेको बताइएको छ ।
-  जनआस्था साप्ताहिक

आमाद्धारा नावालक को मुखमा १० पटक कैँची प्रहार सयौँ टाँका

china-baby-cut-aankhadotcom-2china-baby-cut-aankhadotcom-1बेईजिङ, । आफ्नो सन्तान त आमाहरुका लागि आफ्नो मुटुभन्दा पनि प्यारो हुन्छ भनिन्छ । तर भनेर के गर्नु ? सबै आमाहरु त्यस्ता नहुँदा रहेछन् ।
पूर्वी चीनको ज्याङ्सु प्रान्तस्थित झुजोउकी एक निर्दयी आमाले आफ्नै ८ महिने दुधे बालकलाई कैंची प्रहार गरी घाइते बनाएकी छिन् । 

 ती महिलाले दुध पिलाउने समयमा आफ्नै बच्चाको शरीरमा ९० पटक कैंची प्रहार गरी घाइते बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आमाको कैंची प्रहारबाट घाइते भएका जिया बाओ नामक ती दुधे बालकको अधिकांश चोट अनुहारमा रहेको जनाइएको छ । घाइते बालकको शरीरमा १०० टाँका लगाइएको पनि जनाइएको छ ।
आफ्नी आमा र दुई काकाका साथमा रहँदै आएका ती बालकलाई उनका काकाले रगतले लत्पतिएको अवस्थामा भेटेपछि उपचारका लागि तत्काल अस्पताल पु-याएका थिए । आमाको गम्भीर आक्रमणपछि पनि बालक भने बाँच्न सफल भएको बताइएको छ ।
china-baby-cut-aankhadotcom-3
घटनापछि प्रहरीले बालकको आमासँग सोधपुछ गर्दा दुध पिलाउने समयमा ९० पटक कैंची प्रहार गरिएको पुष्टी भएको हो । प्रहरीसँगको बयानमा बालककी आमाले जिया बाओले दुध पिउने समयमा हातखुट्टा चलाएको र स्तनको मुन्टा टोकिदिएका कारण कैंची प्रहार गरेको बताएकी जनाइएको छ ।
यद्यपी आमाले आफ्नै बालकप्रति गरेको कठोर व्यवहारको यकिन कारण भने पुष्टी नभईसकेको जनाइएको छ । बालकको खतरामुक्त अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

अवरुद्ध कम्युनिष्ट आन्दोलन – रुस , चिन र नेपाल

सोनु कुमार सुनार :
रुस र चिन
 हामीलाइ थाहा भएको कुरा हो की महान लेनिन को नेतृत्वमा वोल्सेविक पार्टीले सन १९१७ मा रुसमा अक्टुवर क्रान्ति सम्पन्न गरेको थियो । त्यो क्रान्ति वास्तवमै अपुर्व र युगान्तकारी घटना थियो । त्यसले मानवजातीको इतिहाँसमा नयाँ युग आरम्भ अर्थात सर्वहारा क्रान्तिको युगको आरम्भ गरेको थियो । रुस नै त्यस्तो पहिलो समाजबादी मुलूक बन्यो जँहा समाजबाद निर्माणको प्रक्रियालाइ व्यवस्थीत रुपमा अघि बढाइयो र सर्वहारा वर्गको अधिनायकत्वलाइ सुदृढ गर्ने दिशातिर पाइला चालियो । यसले विश्व कम्युनिष्ट आन्दोलन लाइ अघि बढाउन , साम्राज्यबादको शोषण , उत्पीडनमा परेका राष्ट्रहरुको मुक्ति संघर्षलाइ वल प्रदान गर्न र हरेक देशको प्रतिक्रियाबादलाइ कमजोर पार्न अत्यन्त सक्रिय भुमिका निर्वाह गर्यो । लेनिनको विशेषता के थियो भने उनले क्रान्ति र क्रान्तिपछिका दिनमा क्रान्तिका उपलव्धीहरुलाइ जोगाउने बारे कार्ल माक्र्स ,एंगेल्स ले प्रतिपादन गरेका सिद्धान्तमा आधारित रहेर कैयौँ निती र विचारहरु थपेका छन । त्यसैले विश्व कम्युनिष्ट आन्दोलन लाइ उनको विचार सँग पनि जोडेर माक्र्सबाद–लेनिनबाद भन्न थालियो । महान लेनिनको निधन पछि रुसी वोल्सेविक पार्टीको कमान कं स्टालीन ले सम्हाले । उनले कठिन परिस्थीतीमा समाजबाद निर्माणको अभियानलाइ डोर्याए । उनले ट्राटस्कीपन्थी र वुखारिनपन्थी हरुको गुट विरुद्ध दृढता पुर्वक संघर्ष गरेर लेनिनबादी सिद्धान्तको पनि रक्षा गरे । उनकै नेतृत्वमा वोल्सेविक पार्टी र सोभियत संघका जनताले जर्मन फासिज्मलाइ हराइयो र विश्वलाइ नै फासिज्मको क्रुरताबाट बचाइयो ।
    कमरेड स्टालिनको निधन सन १९५३ मा भयो । खुस्चेभ सोभियत संघको कम्युनिष्ट पार्टीको नेतृत्वमा आए । उनले पार्टी र राज्यमा आफ्नो निर्णायक नियन्त्रण कायम गरीसकेपछि सन १९५६ मा भएको पार्टीको २० औँ महाधिवेशनमा संसोधनबादी लाइन ल्याए । त्यसले विश्व कम्युनिष्ट आन्दोलनलाइ गम्भीर विचलन तर्फ हिँडायो ।

   कं माओत्सेतुङको नेतृत्वमा चिनीया कम्युनिष्ट पार्टीले खुस्चेभी संसोधनबाद विरोधी संघर्षको झण्डा उठायो । हामी त्यसलाइ महान बहस भनेर जान्दछौँ  । त्यसबाट विश्व कम्युनिष्ट आन्दोलनको रक्षामा ठुलो भरथेग भएको थियो । तर भयो के भने माओको निधन पछि चिनीया कम्युनिष्ट पार्टीको कमान तेङ सियाओ पिङ को नेतृत्वमा संसोधनबादीहरुले पक्रे र चिनले पनि संसोधनबादी बाटो पक्रियो ।


     उता सोभियत संघको कम्युनिष्ट पार्टीको नेतृत्वमा खुस्चेभ पछि व्रेज्नेभ आए जसले सोभियत सँगलाइ सामाजिक साम्राज्यबादी महाशक्ति का रुपमा विश्व प्रभुत्व को होडमा उँभ्याए र संसोधनबादी वुर्जुवा वर्गको सामाजिक फासिस्ट तानाशाही चलाए । त्यसपछि सन १९८५ मा गोर्वाचोभको पदार्पण भयो । उनले खुस्चोभदेखीको संसोधनबादी लाइनका कारण पार्टी र सोभियत संघभित्र थुप्रिएको समस्या हल गर्ने सुधार कार्यक्रमको नाममा पेरेस्त्रोइका र ग्लासनोष्ट निती अघि सारे । उनको यो सुधार कार्यक्रमले सोभियत संघलाइ पुँजीबादको पुनस्थापना  गर्ने दिशामा जान थप बल प्रदान गर्यो । त्यो कार्यक्रम आएपछि संसारभरका साम्राज्यबादीहरु र प्रतिक्रियाबादीहरुले गोर्वाचोभको खुलेर प्रशंसा गरे र उनलाइ सहयोग गरे । साम्राज्यबादीहरुले लामो समयदेखी सोभियत संघको कम्युनिष्ट पार्टीको झण्डालाइ उखेल्ने र सोभियत संघलाइ पनि तहसनहस पार्ने जुन षडयन्त्र गर्दै आएका थिए त्यो पुरा भयो । सन १९९१ मा सोभियत संघको कम्युनिष्ट पार्टी प्रतिवन्धीत भयो र १४ वटा गणराज्य मिली बनेको सोभियत संघ विघटन भयो । ति विघटित गणतन्त्रहरुमा पुँजीबाद लागु भयो । सन १९५६ देखी खुस्चोभ बाट संसोधनबादी(दक्षिणपन्थी,अवसरबादी) यात्रा १९९१ मा गोर्वाचोभले सोभियत संघको विघटन र ति गणतन्त्र हरुमा पुँजीबाद लागु गरेपछि पुरा भएको थियो ।
गोर्वाचोभको सुधार कार्यक्रम को प्रवाहले पुर्वी युरोप का देशहरुलाइ सोभियत संघ ढल्नुभन्दा पहिले नै सिद्धायो । ति देशहरुमा पुँजीबादी सत्ता स्थापना भए । पुर्वी युरोपका देशहरुमा पुँजीबाद त्यति सजीलै लागु हुनूको कारण मुलत तिन कारण थिए । एक , दोस्रो विश्वयुद्ध ताका जर्मन फासिष्टहरुलाइ सोभियत संघका सेनाहरुले  लखेट्ने क्रममा ती देशहरुमा सर्वहारा सत्ता कायम गरिएका थिए । त्यसैले ति देशका शासकहरुमा परेको सोभियत संघ को राजनितीक प्रभाव का कारण उनीहरु रुसमाथी भर पर्न थाले ।
दुइ , वार्सा सैनिक संगठन र पारस्परिक आर्थिक सहायता परिषद को गठन देखी रुसी निर्भरता झनै बढेर गयो । गोर्वाचोभको कार्यकालमा सोभियत संघको आर्थिक अवस्था संकटग्रस्त भएकाले पुर्वी युरोपमा दिइएको आर्थिक सहायता बन्द गरियो । ति देशहरुबाट सोभियत सेना समेत फिर्ता गरियो । गोर्वाचोभले वार्सा सैनिक संगठनलाइ १ जुलाइ १९९१ र पारस्परिक आर्थिक सहायता परिषदलाइ २८ जुन १९९१ मा विघटन नै गरिदिए । यसले पुर्वी युरोपका शासकहरुलाइ गम्भीर धक्का दियो । तिन,सोभियत संघको छातामुनी बस्ने क्रममा ति देशका शासक पार्टीहरु खुस्चेभको संसोधनबादी लाइन को पछि लागे र अन्त्यमा गोर्वाचोभको कथित सुधारबादी कार्यक्रमको प्रवाहमा बगे ।
नेपालमा कम्युनिष्ट आन्दोलन
नेपाल कम्युनिष्ट पार्टीको स्थापना सन १४४९ मा भएको थियो । पार्टीको प्रथम महाधिवेशन (सन १९५१) ले नयाँ जनबादी क्रान्तिको लाइन पारित गरेको थियो । तर दोस्रो र तेस्रो महाधिवेशन ले संसोधनबादी लाइन पक्रेपछि पार्टी गुट र उपगुटमा विभाजन भयो । त्यसमध्य झापाली समुहले सन १९७२ मा वर्ग सत्रु खतम गर्न गुरिल्ला संघर्षको थालनी गरेको थियो । दक्षिणपन्थी संसोधनबाद विरुद्धको संघर्षको नाममा त्यसमा उग्रवामपन्थी भड्काउ देखापर्न गयो । त्यसपछि छिट्टै दक्षिणपन्थी बाटो समात्यो , त्यो धार अहिले नेकपा एमालेको नाममा क्रियाशिल छ । जसले सर्वहारा वर्गको अधिनायकत्वको विरोध गर्छ र दक्षिणपन्थी अवसरबादमा पतन भइसकेको छ ।
सन १९९६ पश्चात नेकपा(माओबादी) ले शसस्त्र जनयुद्धको सुरुवात गर्यो । त्यो महान जनयुद्ध १० बर्ष सम्म चल्यो । सन २००६ को जनआन्दोलन मा संसदबादी दलहरु सँग १२ बुँदे घातक राष्ट्रघाती सम्झौता पश्चात सो पार्टीले दक्षिणपन्थी दिशा समात्यो । त्यसले पनि सर्वहारा वर्गको नेतृत्व अस्विकार गरेको छ र त्यसको विकल्पमा बहुदलिय प्रतिस्पर्धा को निती लिएको छ । बर्तमान समयमा एकिकृत नेकपा माओबादी को नाममा रहेको उक्त पार्टी नवसंसोधनबाद मा पतन भइसकेपछि विश्वकम्युनिष्ट आन्दोलनमै प्रभाव पार्ने गरी नयाँ क्रान्तिकारी नेपालमा कं मोहन किरण को नेतृत्वमा जन्मीएको छ । बर्तमान समयमा माक्र्सबाद–लेनिनबाद–माओबाद को आलोकमा नेकपा–माओबादी मात्रै नेपाल मा कम्युनिष्ट पार्टीको रुपमा देखिन्छ । अवरुद्ध कम्युनिष्ट आन्दोलनलाइ यही पार्टीले मात्रै अगाडी लानसक्ने देखिन्छ । करोडौँ नेपाली जनताको भरोसा पनि यही पार्टी माथी रहेको छ ।

अग्नि सापकोटाको चोरीको गाडी

महानगरीय अपराध महाशाखा प्रहरीले राजधानीको मीनभवनबाट जफत गरेको गाडी माओवादी प्रवक्ता अग्नि सापकोटाको भएको खुलेको छ । महाशाखाले असार १३ गते महिन्द्रा कम्पनीको बा००१अ १० हरियो नम्बर प्लेट भएको सेतो रङको गाडी समातेको थियो।

युद्धबाट शान्ति प्रक्रियामा आएपछि पनि माओवादी नेताहरूले चोरीका गाडी प्रयोग गरेपछि सरकारले नै हरियो र पहेँलो प्लेटमा अस्थायी नम्बर दिएको थियो । स्रोतका अनुसार यो नम्बर प्लेट सापकोटाले चलाउँथे।

प्रवक्ता सापकोटा आफैंले उक्त नम्बर प्लेटको गाडी पहिले चलाएको स्वीकारेका छन् । ‘पहिले यो गाडी मैले नै चलाएको हुँ,’ सापकोटाले सेतोपाटीसँग भने, ‘सरकारले निजी नम्बर प्लेट दिएपछि त्यो चढ्न छाडेँ।’

सापकोटा अहिले बा८च ९४६६ नम्बरको गाडी चढ्छन् । विगतमा चढ्ने गरेको गाडी अहिले कसले चलाइरहेको रहेछ भनेर जान्न इच्छुक रहेको उनले बताए।

माओवादी नेताको भएकैले प्रहरीले उक्त गाडी ‘बेवारिसे’ कागजात बनाएर लिलामीका लागि भन्सार पठाउन लागेको छ । स–साना चोरी र त्यसमा संलग्नलाई चोरी मुद्दा लगाएर कारबाही गर्ने गरेकोमा माओवादी नेतालाई भने नक्कली कागजात बनाएर चोख्याउन खोजेको छ।

यातायात व्यवस्था कार्यालय बागमतीमा खोजी गर्दा उक्त सवारी दर्ता नदेखिएपछि लिलामीमा भन्सार पठाउन लागिएको महाशाखाका एक प्रहरी अधिकृतले जानकारी दिए । ‘दर्ता नदेखिएकाले बेवारिसे कागज बनाएर आजभोलितिरै भन्सार पठाउने तयारी भइरहेको छ,’ ती अधिकृतले भने।

अपराध महाशाखा नेतृत्वले माओवादी नेताको गाडी पक्राउ र अनुसन्धानबारे औपचारिक जानकारी दिन मानेको छैन । सापकोटाले प्रयोग गरिरहेको पुष्टि भए पनि महाशाखाका प्रहरी नेतृत्व र अधिकारीहरू माओवादी दबाबसामु झुकेका छन् । लिलामीमा पठाउने समय भइसक्दा पनि महाशाखा प्रमुख विजयलाल कायस्थ उक्त सवारीबारे जानकारी दिन अस्वीकार गर्छन्।

उक्त गाडी फेला परेको मीनभवनस्थित घरमा पहिले एकीकृत माओवादीको तामसालिङ राज्यसमिति कार्यालय बस्थ्यो । स्रोतका अनुसार कार्यालय सरे पनि सापकोटा त्यहाँ आउजाउ गरिरहन्थे । उक्त सुराकीका आधारमा प्रहरीले छापा मारे पनि सवारीबाहेक केही फेला नपरेको भन्दै प्रहरीले ‘बेवारिसे मुचुल्का’ तयार पारेको छ । कानुनी व्यवस्थाअनुसार चोरीका सवारी प्रयोग गर्ने व्यक्तिमाथि छुट्टै कारबाही हुनुपर्छ।

लडाकु व्यवस्थापन, समायोजना प्रक्रियामा बढीजसो यस्ता गाडी प्रयोग हुन्थे । शान्ति प्रक्रिया समाप्तिसँगै सरकारले ती गाडी आफ्नो नियन्त्रणमा लिएर माओवादी नेतालाई निजी नम्बर प्लेट उपलब्ध गराएको थियो।

संगठनलाई चुनावविरोधी मोर्चामा लगाउन तीन 'स'को कार्यनीति

नेकपा-माओवादीले ४ मंसिरको संविधानसभा चुनावलाई 'प्रतिक्रान्तिको बिगुल फुकेको' संज्ञा दिँदै त्यसलाई बहिष्कार गर्ने घोषणा गरेको छ। १५-१८ असारसम्म पोखरामा सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले सिंगो संगठनलाई चुनावविरोधी मोर्चामा लगाउन तीन 'स'को कार्यनीति पारति गरेको छ- सक्रिय, सशक्त अनि सशस्त्र बहिष्कार। अर्थात्, कार्यकर्तालाई सक्रिय रूपमा चुनाव बहिष्कार कार्यक्रममा लगाउने, आवश्यक पर्दा सशक्त प्रतिकारसम्म गर्ने र त्यतिले पनि नभ्याए हतियारबद्ध -सशस्त्र) कारबाहीमा उत्रिने। उक्त योजना कार्यान्वयन गर्न नेकपा-माओवादीले दुई स्वरूपमा संगठन निर्माण गर्ने भनेको छ- राजनीतिक दृष्टिले 'भण्डाफोर अभियान दल' र सुरक्षाका दृष्टिले 'युवा प्रतिरोध दल'।

पार्टीको परभिाषामा भण्डाफोर अभियान दलमा पार्टी प्रतिनिधि, सांस्कृतिक टोली, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, प्राविधिक र पार्टीका जनवर्गीय संगठनका सदस्यहरू सहभागी रहनेछन्। त्यसै गरी, उसले युवा प्रतिरोध दलमा पार्टीको सैन्यउन्मुख राष्ट्रिय युवा स्वयंसेवकका सदस्यहरूलाई समावेश गर्ने भनेको छ। यी दुवै संगठनलाई १०ः१ को अनुपातमा व्यवस्थित गर्ने योजना छ। त्यसको अर्थ हो- १० वटा भण्डाफोर अभियान दललाई 'ब्याकअप' गर्न एक युवा प्रतिरोध दल रहने। नेकपा-माओवादीको केन्द्रीय समितिद्वारा पारति दस्तावेजमा युवा प्रतिरोध दललाई सैन्यशक्तिको रूपमा कहीँ उल्लेख गरेको छैन। तर, दस्तावेजले तिनीहरूको काम-कारबाही छापामार शैलीकै रूपमा हुने धम्की दिएको छ।

पोखराको केन्द्रीय समितिमा पार्टीका महासचिव रामबहादुर थापाद्वारा प्रस्तुत संगठन र संघर्षसम्बन्धी प्रस्तावको पृष्ठ ३ मा स्पष्ट छ, 'युवा प्रतिरोध दलको कार्यशैली अघोषित र अमूर्त हुनुपर्छ र परििस्थति अनुसार केन्द्रीकरण र विकेन्द्रीकरण गरनिुपर्छ।' द्वन्द्वको समयमा तत्कालीन माओवादी नेताहरू छापामारलाई यस्तै निर्देशन दिने गर्थे। फरक यति हो- त्यस बेला उनीहरूको घोषित छापामार दस्ता थियो, जुन सुरक्षाफौजसँग प्रत्यक्ष भिड्थ्यो तर अहिले बाहिरी रूपमा पार्टीकै जनवर्गीय संगठन भनेर विकास गर्न खोजिँदै छ। त्यस्तो दस्ताको प्रयोग चुनावको पक्षमा आउने राजनीतिक दल र माओवादीले 'दलाल' भनेर आरोप लगाएकाहरूविरुद्ध मात्र हुने नीति पोखरा बैठकले अवलम्बन गरेको छ।

महासचिव थापाले आफ्नो प्रस्तावमा लेखेका छन्- 'सरकारी सुरक्षा संयन्त्रहरूमा तत्काल दल कारबाही गरनिे छैन। र, उच्च प्रविधिको प्रयोग पार्टीको अनुमतिबिना कदापि गरनिे छैन।' थापाको प्रस्ताव दुईअर्थी र चलाखीपूर्ण छ। सुरक्षाकर्मीलाई निसाना नबनाउने भनेर आश्वस्त पार्न खोजिएको छ। त्यो भनेको आसन्न चुनावमा आफ्ना विरोधका कार्यक्रमहरूमाथि सुरक्षाकर्मीको 'सम्भावित दमन रोक्ने' रणनीति पनि हो।

एक वर्षअघि एमाओवादीबाट अलग भएको नेकपा-माओवादीले पार्टी-संगठनलाई जनविद्रोहउन्मुख संरचनामा ढालेको थियो। भूगोलको संरचनालाई पनि उनीहरूले एमाओवादीको भन्दा फरक गरेका थिए। एक वर्ष नबित्दै उनीहरूको संरचना झन्डै एमाओवादीझैँ निर्वाचन क्षेत्रउन्मुख बन्दै छ। तर, चुनाव कसरी बिथोल्न सकिन्छ भन्ने योजनाका साथ।

यतिसम्म कि, नेकपा-माओवादीले राजधानीका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई क्रान्तिको मुख्य केन्द्र ठान्दै यहाँका १५ निर्वाचन क्षेत्रमा एक-एक केन्द्रीय सदस्य खटाउने निर्णय पारति गरेको छ। राजधानी वरपरका जिल्लाहरू धादिङ, नुवाकोट, काभ्रेे, सिन्धुपाल्चोक, मकवानपुर र चितवनमा दुई निर्वाचन क्षेत्रमा एउटा र त्यसभन्दा बाहेकका ठाउँमा परििस्थति हेरेर तीन निर्वाचन क्षेत्रसम्म हेर्ने गरी केन्द्रीय सदस्य पठाउँदै छ। जबकि, यसअघि यो पार्टीले हरेक जिल्लामा केन्द्रीय सदस्य खटाउने निर्णय गरेको थियो। अहिले नेकपा-माओवादीमा १ सय ५१ सदस्यीय केन्द्रीय समिति छ। ती सबैलाई निर्वाचन बहिष्कार गर्ने कार्ययोजनातिर लगाइँदै छ।

महासचिव थापाको प्रस्ताव अनुसार नेकपा-माओवादीले विपक्षी दलहरूको प्रभावका आधारमा निर्वाचन क्षेत्र तथा मतदान केन्द्रहरूलाई तीन भागमा वर्गीकरण गर्नेछ- 'कमजोर', 'बराबर' र 'मजबुत'। उनीहरूको योजनामा कमजोरलाई पूर्णतः ध्वस्त पार्ने, बराबरलाई कमजोर बनाउँदै लगेर त्यसलाई पनि ध्वस्त पार्ने र मजबुतलाई पनि बिस्तारै ध्वस्त पार्दै विरोधीहरूको शक्ति विन्यास पार्ने रणनीति लुकेको छ। यसका लागि उनीहरूले मित्रवत् शक्ति वा आफ्नो एजेन्डामा समावेश हुने दलहरूसँग 'संयुक्त अभियान'मार्फत उपयोगको नीति अपनाउनेछन्।

खास गरी पछिल्लो समयमा सरकारविरुद्ध आन्दोलनमा सहकार्य गर्दै आएका ३३ दलको मोर्चा वा त्यस्तै अरूसँग पनि चुनाव बिथोल्ने कुरामा कार्यगत एकता गर्न सकिने बताएका छन्। जानकारहरूले यसलाई विद्रोहकालमा माओवादीले आफू बलियो हुन प्रयोग गरेको 'ट्याक्टिस'कै रूपमा बुझेका छन्। पार्टी अध्यक्ष मोहन वैद्यकै दस्तावेजबाट पनि त्यो 'ट्याक्टिकल' मनसुवा बुझ्न सकिन्छ -हेर्नूस्, बक्स)। नेकपा-माओवादी अर्धसैन्य दस्ता मानिएको राष्ट्रिय युवा स्वयंसेवक प्रमुख उदयबहादुर चलाउने स्वयं भन्छन्, "पोखरा बैठकको मूल उद्देश्य भनेको ४ मंसिरको चुनाव बहिष्कार गर्ने मात्र हो, जुन वार्ताका लागि दबाब पनि हो। तर, समाधान गर्ने उपायसहित चारदलीय संयन्त्र र सरकार तयार भएन भने यहीँबाट जनविद्रोह सुरु हुनेछ।"

चुनाव बहिष्कार गर्न नेकपा-माओवादीले तीन चरणको आन्दोलन गर्दै छ। असार र साउनलाई उनीहरूले प्रचारात्मक चरण भनेका छन्। भदौ महिनाभर भण्डाफोर तथा प्रतिरोधका उच्चतर रूपहरूको अभ्यास हुने र असोजदेखि संघर्षका सर्वोच्च स्वरूपहरूको अभ्यास गरनिे दाबी गरएिको छ। थापाको प्रस्तावलाई आधार मान्ने हो भने नेकपा-माओवादीले 'एक निर्वाचन क्षेत्र एक मुख्य निसाना' गर्ने लाल-आतंकको सिद्धान्त अवलम्बन गर्नेछ। यो चरणमा भण्डाफोर तथा प्रतिरोधका मुख्य निसाना सामान्यतः उनीहरूकै शब्दमा 'दलाल राजनीतिक दल' तथा छानिएका 'दलाल' हुनेछन्। यद्यपि, दस्तावेजमा 'दलाल' कसलाई भन्न खोजेका हुन्, उल्लेख गरेका छैनन्।

नेकपा-माओवादीले यी सबै कार्यक्रम त्यतिखेर ल्याएको छ, जतिबेला उसका नेता तथा कार्यकर्तामाझ व्यापक निराशा छाउँदै गएको थियो। तल्लो तहका नेता तथा कार्यकर्ता पुरानै माउ पार्टीमा फर्किने लहर चल्दै थियो। एक वर्षको पार्टी विभाजनको औचित्य अध्यक्ष मोहन वैद्यलगायत अन्य शीर्षस्थ नेताहरूले पुष्टि गर्न सकिरहेका थिएनन्, आफूलाई एमाओवादीभन्दा फरक देखाउन सकेका थिएनन्। संख्यामा एमाओवादीभन्दा थोरै र कमजोर रहेका कारण यसको नेतृत्वलाई पार्टी बलियो रहेको देखाउन पनि केही गर्नैपर्ने बाध्यात्मक परििस्थति थियो। त्यसैलाई सम्बोधन गर्न निर्वाचन बिथोल्ने चर्को नारासहितको उग्र कार्यक्रम ल्याइएको बुझ्न गाह्रो छैन। तर, पार्टी नेताहरू यो कुरालाई सार्वजनिक रूपमा अस्वीकार गर्छन्।

हुन त नेकपा-माओवादीले 'जनविद्रोह' वा 'क्रान्ति'को नारा नल्याएको होइन। तर, त्यो केवल सैद्धान्तिक दस्तावेजमा सीमित थियो, कार्ययोजना ल्याएको थिएन। त्यसमाथि पार्टीको पोलिटब्युरो तहसम्म चुनावलाई उपयोग गरेर जानुपर्छ भन्ने आवाज पनि उठ्न थालिसकेको थियो। त्यसलाई निस्तेज पार्न चुनावको प्रतिरोध गर्ने योजना ल्याइएको दाबी स्रोतको छ। घोषित चुनाव बिथोल्ने र विद्रोहको तयारी भन्दै प्रचारबाजी गर्नु भनेको सरकार पक्षलाई सम्झौतामा झुकाउने रणनीति पनि हो, कम्तीमा चार शीर्ष राजनीतिक दलका नेताहरूले यो कुरा बुझेको हुनुपर्छ।

बैद्यकै नेतृत्वमा माओवादी वार्ता टोली 'कुनै हालतमा चुनाव हुन दिन्नौँ '

Mohan Baidya
सरकारसँग वार्ताको लागि भन्दै नेकपा-माओवादीले वार्ता टोली गठन गरेको छ । अध्यक्ष मोहन बैद्यको संयोजकत्वमा गठित टोली ५ सदस्यीय छ ।

टोलीमा पार्टी उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव देव गुरुङ र नेत्रबिक्रम चन्द छन् ।
सरकार संचालनको संयन्त्रमा रहेका चार राजनीतिक दल गोलमेच सम्मेलन गर्ने, समानुपातिकको अनुपात बढाउन सकिनेलगायतका मागमा सकरात्मक भएपछि माओवादीले बार्ताको लागि टोली बनाएको हो ।