सोनु कुमार सुनार
विहान को समयमा एकदमै भारी बर्षा भइरहको छ । मधेशको समथर फाँट जो पानी र वाफको कारण राम्रो सँग देखिन पनि छाडेको छ । एकछिनपछि झनठुलो बर्षा होला र कोठामा जान नपाइएला भन्ने संकोच मनमा उत्पन्न भइरहँदा पानी पानी भएपनि कोठामा जाने निर्णय गरेँ र थोत्रो साइकल चलाएर म कोठा तर्फ हिँडन खोज्दैथिँए , हावा , हुरी र भारी बर्षाको कारण साइकल चलाउन सक्ने स्थिती थिएन । केही पर सडक विचमा पुगेपछि पानी आकाश बाट झन ओइरियो र साइकल सँगै मलाइ पनि सडक विचमै लडाइदियो । यताउता हेर्दा पानी ओत लाग्ने त्यस्तो ठाँउ पनि देखिएन , करिव ३० मिटर पर एउटा झुप्रो देखियो पानी ओत लाग्नको लागी साइकल लिएर म त्यतै लागेँ । म त्यँहा पानी ओत लाग्ने उद्देश्यको साथ गएको थिँए तर त्यँहा पुग्ने वित्तिकै मैले अगाडीको कुरा विर्सिएँ । त्यँहाको त्यो डरलाग्दो , टिठलाग्दो र कँहालीलाग्दो अवस्थाले मेरो सवै ध्यान खिँचिदियो ।
सडक देखी करिव ३२ मिटर पर एउटा छाप्रो जसमा एक ठुलो परिवार को सुकुम्बासी को बसोबास थियो । बाँस र प्लाष्टिक कागजको सहयोग बाट उक्त छाप्रो निर्माण गरिएको थियो , परिवारको संख्या झण्डै ११ जना जतिको थियो । आकाशबाट पानि गोली बर्षेसरी बर्षीरहँदा छाप्रो भित्रको अवस्था पनि नाजुक बन्दैथियो , भित्र पुरै पानी पसेर कपडा हरु र अन्य सामान हरु हिलाम्मे भएका थिए । २ जना साना वच्चाहरु साह्रो आवाजमा रोइरहेका थिए , घरका अरु सदस्यहरु आफ्ना लत्ताकपडा हरु पानी बाट जोगाउनको लागी प्लाष्टिक मा पोका पार्दैथिए । मलाइ लाग्दैथियो म कुनै दुखद चलचित्रको सुरुको भाग हेर्दैछु । त्यही वेलामा परिवारको एकजना सदस्यको प्रश्नले गर्दा म झसंग भएँ “अरे हो भाइ के भयो के गर्न आएछ ?” ठुलो पानी परेर पानीमा ओत लाग्न आएको , पानी ले त तपाइहरुलाइ निकै असर गरेछ नि , मेरो जवाफ थियो । त्यही बखत निन्याउरो अनुहार पार्दै श्रीमती चाँहीले भनिन “ खै के गर्नु बाबु हाम्रो त ओत लाग्ने जस्तो बास भएपो ओत लाग्नु ” उनको दुखमा मेरो पनि सहानुभुति जन्य सहमति थियो । त्यति कुरा कानी गरीसक्दा पानी हल्का कम भइसकेको थियो । छाप्रो को हालत पानी ले पुरै खराव गरीसकेको थियो , काठको फ्रेम र कपडाको जाली ले तयार पारिएको का खाट मा बाहेक अन्त बस्ने ठाँउ नै थिएन । कुराकानीको समिपमा पुगेपछि कुरा अलि गहिराइ तर्फ पुग्यो , दाइहरुको पहाड घर कँहा नि ? अनि यँहा कति भो बसाइ सरेको ? फेरी म अर्काे प्रश्न गर्न पुँगे । उनले भने भाइ कथा अलि दुखद र लामो छ तपाइ फेरी कँहा जान हिँड्नु भएको होला तपाइलाइ फुर्सद नहोला उनको जिकीर थियो । होइन दाइ पानी परेको छ एकछिन पछि जानुपर्ला त्यति हतार छैन मैले जवाफ दिँए । जवाफ पछि उनले अगाडीको प्रश्न को जवाफ लामो कथा शैलीमा प्रस्तुत गरे ः–“हेर्नुस भाइ मलाइ त लाग्छ यो धर्तिमा गरिव हरु बाँच्नु र मर्नुको कुनै अर्थ छैन । २० बर्ष पहिले हामी पहाडमा बस्थ्यौँ , पहाडमा सानो झुपडि थियो , जग्गाको कुरा गर्दा भिर मा जम्मा ४ बटा पाटाहरु थिए , गाइवस्तुहरु अलि धेरै पालेका थियाँै तिनै बाट धन्न धन्न जिवीकोपार्जन गर्दैथिँयौ । बर्षाको समयमा एकदिन गाँउ नै बगाउने गरी मुसलधारे भिषण पानी पर्यो । अघिल्ला बर्षहरुको तुलनामा सवैभन्दा ठुलो पानी त्यही साल परेको थियो । त्यो रातको पानी ले हाम्रो भिरको मुखमा रहेको जग्गा पुरै बगायो , त्यँहा केवर पहरा मात्रै बाँकी रह्यो , झुप्रा पनि बगाउन थालेपछि हामी गाँउ तिर भाग्यौँ । सवै जना लाइ बचाउने प्रयास हुँदा हुँदै पनि मेरी साइलीँ छोरी पहिरोसँगै बगिन( आँसु पुछ्दै) , गाँउमा अरु पनि १६ , १७ बटा घर , थुप्रै खेतबारी र मान्छे बाढी पहिरो ले बगायो । २३ घर परिवार जति बाढी पहिरो बाट विस्थापित भए । पहिरो ले क्षति गरेको एकहप्ता सम्म पनि सरकारले घटना बारे थाहा पाएन । करिव १३ दिन पछि बल्ल सरकारको राह्त गाँउ सम्म आइपुग्यो । राह्त पनि के भन्नु दुइचार वटा कम्वल , चिउरा र एक परिवार लाइ जम्मा १० हजार सरकारको तर्फबाट उपलव्ध भयो । गाँउका अरु मान्छेहरुको त सवै जग्गा बगाएको थिएन तर हाम्रो स ससाना ४ वटा पाटा हरु सवै वगाएको थियो । त्यही पल हाम्रो महाविपत्ती को घडी थियो । पहिरो ले घर बारी सवै बगाएपछि हाम्रो पहाडमा कुनै नाम निशाना पनि थिएन । हामी झोली बोकेर पलायन हुनुको कुनै विकल्प थिएन । त्यही समय म आफ्नो परिवार लिएर यो ठाँउमा शरण लिन आइपुगेको हुँ । आज यो ठाँउमा आएको २० बर्ष भइसक्यो , प्रत्यक हिँउद र बर्षा ऋतुमा हाम्रो बस्तीमा महाप्रलय आउने गर्दछ । बर्षामा पानिले झुपडीनै डुवाउला जस्तो बनाउँछ , हिँउदमा पनि जाडो ले यँहा बस्न कठिन हुन्छ तर के गर्ने आफु सँग जाने अरु कुनै ठाँउ नहुँदा जिँउदै मरेको जिन्दगी यसरी जिउन परिरहेको छ । यँहा फेरी बर्षामा सर्प र विषालु किरा हरुको पनि विगविगी हुने गर्छ । २ बर्ष अघि मात्रै एउटा छोरा सर्पले टोकेर मारिदियो । दिनभरी रिक्सा चलाएर परिवार धानीरहेको छु भाइ , प्रत्यक बर्षाको मौसम हाम्रो लागी महाप्रलय हुने गर्दछ । ” उनको यो जवाफ सुन्दा सुन्दै मेरो आँखा हरु रसाइराखेका थिए , त्यहिनेर एकचोटी यो नालायक राज्य प्रति कडा आक्रोष प्रकट भयो । नेपालमा अहिले जग्गाविहिन सुकुम्बासी हरुको
सँख्या १५ देखी ३० लाखको हाराहारीमा छ । बर्षा बढेसँगै थुप्रै झुप्राहरु डुवान मा परेको र तहस नहस भएका समाचारहरु अहिले पनि प्रशस्त आइरहेका छन । बर्षा लागे सँगै फेरी १५ लाख सुकुम्बासी हरुको वस्ती मा ठुलो संकट पैदा भएको छ र प्राकृतिक महाप्रलय सुरु भएको भएको छ ।