आदिबासी जानजाती अगुवाहरुले चार दलका मुख्या नेता र मन्त्रिपरिषद्का
अध्यक्ष खिलाराज रेग्मीले पहिलो संविधानसभाको हत्या गरेको आरोप लगाउदै
हत्याराहरुले नाटकको रुपमा गर्ने दोस्रो संविधानसभाको चुनावमा आफूहरु
सहभागी नहुने बताएका छन् ।
जानजाति अगुवा तथा प्रा.डा.ओम गुरुङले चार दलिय संयन्त्र र वर्तमान रेग्मी नेतृत्वको सरकार दुवै राजनैतिक र संवैधानिक नभएको बताउदै अहिलेकै अवस्थामा गर्ने संविधानसभाको निर्वाचन हुनपनि नसक्ने र भएमा जनजातिको अधिकारलाई ग्यारेण्टी गर्न नसक्ने बताउनुभयो । चारदलिय सिण्डीकेट र कर्मचारीतन्त्र जबसम्म जारी रहन्छ तबसम्म देशले निकास नपाउने बताउँदै गुरुङले जतिसक्दो चाडो निर्दलिय सरकारको बिघटन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनका
अध्यक्ष खगेन्द्र माखिमले चैत्र १ गतेको राष्ट्रपतिको बाधाअडकाउ फुकाउ
आदेशको नाममा गरिएको ‘कु’ जानजातिहरुलाई मान्य नहुने बताउदै रेग्मी
नेतृत्वको सरकार खारेजी र सर्वपक्षिय सरकारको निर्माण नै आफ्नो पहिलो माग
रहेको बताउनुभयो ।
अन्तरक्रियामा बोल्दै संघीय समाजवादीका उपाध्यक्ष बिजय सुब्बाले चार दलका नेता र तत्कालिन प्रधानन्याधिस र वर्तमान मन्त्रिपरिषद्का अध्यक्षले नै संविधानसभाका हत्या गरेकाले अब उनीहरुले संविधानसभाको चुनाव गर्न नसक्ने बताउनुभयो । निकासको लागि आफ्नो पार्टी तयार रहेपनि सरकारले वेवास्ता गरेको बताउनुभयो । जातिय क्षेत्रिय महासंघका केन्द्रीय सदस्य दुर्लभ पुनले चार दलका नेता र रेग्मी नेतृत्वको सरकार निरंकुश प्रकृतिको भएकाले उनीहरुको नेतृत्वमा बन्ने संविधानसभाले आदिबासी जनजातीको हितमा काम नगर्ने बताउनुभयो ।
कार्यक्रममा आदिबासी जनजातिका अध्यक्ष राज भाईकाजी, जनमुक्ति पार्टी नेपालका कोषाध्यक्ष पृथी बेघ लगायतका बक्ताहरुले सरकारले आन्दोलन पक्षका कुरा नसुनेर चार दल र सरकार अगाडी बढेको आरोप लगाउनुभयो ।