

आमा,
बाबु र गाउँका भलादमीसहित आएकी युवतीले आफूलाई अपहरणशैलीमा जिल्ला
प्रहरीमा ल्ायएर बयान परिवर्तनका लागि दबाब दिएको उजुरीमा उल्लेख गरेकी छन्
। जेठ ३ गते सोही गाउँ बस्ने ४० बर्षका विनोद साह र विदेशी महतोले राति ९
बजे घर नजिकको गोठमा मुख थुनेर सामूहिक बलात्कार गरेका थिए ।
बलात्कारपछि युवतीले रोईकराई गर्दै बाहिर
आएपछि आमा, बुबा र गाउँलेले तिनीहरुलाई समात्न खोजेका थिए । भोलिपल्ट
इप्रका पोखरियामा उजुरी दर्ता भएपछि महतोलाई प्रहरीले पक्राउ गरी हिरासतमा
राखेको छ । साह फरार रहेको प्रहरीलाई उदृत गर्दै कान्तिपुर दैनिकले खबर
छापेको छ ।