रौतहट, ३ असार/ रौतहटको पिपरीया दोस्तिया गाविसको भीमडावर टोलमा दलितमाथि भएको आक्रमणको घटनामा संलग्न एकजनालाई प्रहरीले गएराती पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भीमडावर टोलका ५० वर्षीय तेजनारायण यादव रहेको प्रहरीले जनाएको छ । भीमडावरस्थित ब्रह्मस्थान मन्दिरमा दलितले प्रवेश गरी पूजा गरेको विषयको पुरानो झगडालाई लिएर गत जेठ २४ गते गैरदलित समुदायले आक्रमण गरी १८ जनालाई घाइते बनाएको आरोपमा उनी पक्राउ परेका हुन् ।
गौरदलितहरूले दलितमाथि आक्रमण गरेर फरार भएपछि राष्ट्रिय दलित आयोगसहित दलितका विभिन्न संघ–संस्थाहरुले पीडकमाथि कारबाहीको माग गर्दै स्थानीय प्रशासनलाई दबाब दिएपछि राति घटनामा संलगन रहेकामध्ये फरार यादवलाई महम्मदपुर गाउँनजिकबाट विशेष सूचनाका आधारमा पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिनुभयो ।
यसअघि रौतहट प्रहरिले दलितमाथिको घटनाको भोलिपल्ट जेठ २५ गते स्थानीय गैरदलित छोटेलाल यादव र रामदेव यादवलाई पक्राउ गरी ज्यान मार्ने, डाँका र जातीय छुवाछुत ऐनअन्तर्गतको मुद्दा दर्ता गरिसकेको जानकारी प्रहरी ले दिएको छ ।