सम्पादकियः नेपाल फेरी एकचोटी युद्ध तिर




                              नेपाली राजनितीको इतिहाँसमा नेपाली जनताले आफ्नो स्वतन्त्रता , देशको स्वतन्त्रता र मुक्तिको लागी ६० बर्ष भन्दा बढी समय रगत र पसिना वगाएका छन । यो लामो इतिहाँसमा नेपाली जनताले कहिले शान्तीपुर्ण त कहिले हतियार को लडाइ लडेर वलिदानको कोटा चुक्ता गरेका छन । त्यही क्रममा झण्डै १८ हजार नेपाल आमा का सवभन्दा राम्रा छोराछोरीहरु ले आफ्नो ज्यानको आहुति दिएका छन । 

थुप्रै बेपत्ता छन ,थुप्रै अपांग छन र थुप्रैको घरवार विग्रीएको छ ।तर पनि नेपाली जनताको मुक्तिको कुनै उपलव्धी प्राप्त हुन सकिरहेको छैन नत प्राप्त उपलव्धी संरक्षण नै हुन सकेको छ । अव नेपाल र नेपाली जनताले निर्णायक मुक्ति र निकास खोजेको छ , यो मक्कीइसकेको कालो संसदिय व्यवस्थाले देश र जनतालाइ कुनै पनि मुक्ति र निकास दिन सक्तैन, त्यो हामीले यति लामो समय सम्मको अनुभव बाट थाहा पाइसकेका छौँ । आज संसदिय व्यवस्थाकै उपज यो देश विघटनको संघारमा पुगेको छ । तर यो देशलाइ नेपाली जनताले विघटन हुन दिँदैनन। 


संसारमा जँहा जँहा राज्य माथी संकट आइपर्छ त्यँहा जनताले राष्ट्रिय मुक्ति युद्धको उदघोष गर्दे देश बचाएका इतिहाँस हरु छन । र नेपालको यो परिस्थितीमा पनि देश र जनता को रक्षा र मुक्ति दुवै सवालमा राष्ट्रिय मुक्ति युद्धको आवस्यकता अपरिहार्य वनेको छ त्यसकारण हामी नेपालीहरुको सामु राष्ट्रिय स्वाधिनताको रक्षाको निमित्त , नेपाली जनतालाइ राज्यको मालिक वनाउनको खातिर र संसारमै एक कम्युनिष्ट र स्वतन्त्र समृद्ध देश निर्माण लागी वैदेशिक हस्तक्षेप र संसदिय व्यवस्थाको अन्त्यको निमीत्त राष्ट्रिय मुक्ति युद्धको विकल्प छैन ।